Prakash Adhikari June 21, 2020

काठमाडौं, ७ फागुन । दिल्लीमा कोरोनाले निधन भएका प्रधानमन्त्री के पी ओलीको गृह जिल्ला झापा सतासीधामका एक पुरुषको सद्गत नेपाली कांग्रेस जनसम्पर्क भारतका सभापति बालकृष्ण पाण्डेको जिम्मामा सम्पन्न भएको छ ।

परिवारका सदस्यहरु नेपालमा भएकाले कोरोना कारण ज्यान गुमाएको १३ दिनपछि उनको आइतबार दिल्लीमा अन्तिम संस्कार गरिएको हो ।

दिल्लीमा शव बुझ्ने कोही नभएपछि दिल्लीस्थित सामाजिक संगठन ग्रीन तारा सोसाईटीका कार्यकारी सदस्य कृष्ण गुरुङको पहल र नेपाली जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डेले शवलाई जिम्मा लिएपछि सद्गत गरिएको हो ।

सतासीधाम नगरपालिका वडा नं ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठको सिफारीससहित मृतककी पत्नीले लाश बुझेर सतगत गर्ने जिम्मेवारी नेपाली काङ्ग्रेस आमान्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डेलाई दिएपछि मृतकको अन्तिम संस्कार हुन सकेको हो ।

शव लिने प्रक्रियाका लागि दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग माग गरिएपनि ४ दिनसम्म कुनै सहयोग प्राप्त नभएपछि भारतको गृह मन्त्रालयको सहयोगमा शव प्राप्त भएको थियो।

दिल्लीको पहाडगंज क्षेत्रमा कुरियर सेवा प्रदान गर्दै आएका झापाको सतासीधाम नगरपालिका वडा नम्बर ११ का ४९ वर्षका पुरुषको उमेर ७ जुनका दिन निधन भएको थियो ।

गत जुन ४ देखि स्वाथ्यमा समस्या देखिएका उनलाई ७ जुनमा उनका छोराले असहज भएपछि छेउँमै रहेको लेडीहार्डीङ अस्पताल लगेका थिए। तर सोहीदिन उनको अस्पतालमै मृत्यु भएको हो ।

मृत्युपछि गरिएको परीक्षणमा उनलाई कोरोना भएको पुष्टि भएको थियो।

Share Now

Leave a comment.