Prakash Adhikari June 24, 2020

काठमाडौं, १० आषाढ । आजदेखि एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको सर्वसाधरण तर्फको सेयर लगानीकर्ताको वितरणकोलागि खुल्ला गरिएको छ ।
कम्पनीले ४७ करोड ५५ लाख बराबरको आइपीओ निष्कासन बिक्रीका खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरमा ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री गर्नेछ ।

आइपीओमा लगानीकर्ताले असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा सबै बिक्री नभएमा ढिलोमा असार २४ गतेसम्म बिक्री खुला रहनेछ ।

यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । यो लघुवित्त क्षेत्रकै हालसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । हालसम्म कुनै पनि लघुवित्त कम्पनीहरुले यति धेरै रकम बराबरको आइपीओ निष्कासन गरेका छैनन् ।

यस लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ । साथै मेरो सेयर प्रयोगकर्ताले मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

एनआईसी एशिया लघुवित्तको बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ ।

यस लघु वित्तको चुक्ता पुँजी १ अर्ब ४५ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यसले १२ करोड २७ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ ।

Share Now

Leave a comment.