Prakash Adhikari June 30, 2020

 

काठमाडौं, १६ आषाढ । लकडाउन सुरुभएपछि बीचमा परीक्षणको रुपमा दुई दिन खुलेर बन्द भई सोमबारदेखि खुलेको नेपाल धितोपत्र बिनिमयको दोस्रो बजारले मंगलबार निकै उत्साहजनक प्रवृत्ति देखायो ।

दिनको ११ : ०० बजे बजारखुलेदेखि नै खरिदकर्ताको चाप देखिएको बजारमा मंगलबार तीन पटक सर्किट ब्रेकर लागेर बजार निर्धारित समय पहिले नै बन्द गर्नु परेको छ ।

बजार खुलेको ४८ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो। भने एक घण्टा १७ मिनेट बजार ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार स्थगन भएको थियो।

खरिदकर्ताको निरन्तर उच्च चाप खेपेको धितोपत्रको दोस्रो बजारमा त्यसपछि पनि नेप्से परिसूचक बढ्ने क्रम रोकिएन र नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आजको लागि सेयर कारोबार बन्द हुन गयो।

बजार खुलेको दुई घण्टामा नेप्से सूचक ६ प्रतिशत अर्थात ७२.०५ अंकले बढेर १२६०.७५ विन्दुमा पुगेको थियो।

नेपाल स्टक एक्सचेञ्जले बजार खुलेको पहिलो एक घण्टाभित्र बजार परिसूचक ४ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक गरी १५ मिनेट बजार रोक्ने , दुई घण्टाभित्र ५ प्रतिशत घटबढ भएमा आधा घण्टा कारोबार रोक्ने र कारोबार समयमा ६ प्रतिशत घटबढ भएमा त्यसपछिको बाँकी समय कारोबार रोकिने नियम बनाएको छ ।

एकैदिन बजार घटबढ भएर लगानीकर्ताको सम्पत्तिको अधिमूल्यन र अवमूल्यन हुनेस्थिति आउन नदिन नेप्सेले यस्तो व्यवस्था गरेको हो । यसले बजारमा स्थिरता ल्याउन सघाउने नियमन निकायहरुको दावी छ ।

मंगलबारको करिब सबा घण्टामा १ सय ३४ कम्पनीका ४ लाख ८९ हजार ५ सय ३७ कित्ता सेयरको किनबेचबाट २२ करोड ७२ लाख १२ हजार १ सय ९४ रुपैया बराबरको कारोबार भएको थियो ।

मंगलबार नेप्से ७२.०५ अंकले बढेर १२६०.७५ बिन्दुमा पुगेको छ । यो सोमबारको तुलनामा ६.०६ प्रतिशतको बढोत्तरी हो ।

धितोपत्र दलाल व्यबसायीहरुको स्क्रिन सेयर नगरी अनलाइन पद्धतिमार्फत भएको मंगलबारको कारोबारले एकातिर धितोपत्र बजारमा एकाएक चमक आएको छ भने कारोबारलाई विद्युतीय पद्धति (अनलाईन) आधारित बनाउन ठूलो मद्दत पुगेको छ ।

यस दिन कारोबारमा आएका १२ वटा उपसमुहमध्य दुईवटा उपसमुहका सूचक नकारात्मक देखिएका छन भने बाँकी सबै उपसमुहका सूचक सकारात्मक देखिएका छन्।

Top Gainers

Symbol LTP % Change
As of 2020-06-30 15:00:00
ALICL 539.00 10
SLICL 396.00 10
NLIC 1,177.00 10
NLICL 572.00 10
SHIVM 550.00 10
CIT 2,277.00 10
STC 2,743.00 9.98396
VLBS 915.00 9.97596
HDL 1,457.00 9.96226
SKBBL 1,082.00 9.95935
NIL 508.00 9.95671
SICL 907.00 9.93939
AKPL 122.00 9.90991
SCB 588.00 9.90654
UIC 311.00 9.89399
NABIL 725.00 9.84848
NIB 425.00 9.81912
EIC 361.00 9.72644
LICN 1,250.00 9.36133
MNBBL 300.00 9.09091
NICL 349.00 9.0625
BOKL 217.00 9.04523
CCBL 158.00 8.96552
RADHI 184.00 8.87574
EBL 609.00 8.55615
GILB 1,135.00 7.99239
HGI 325.00 7.97342
HBL 489.00 7.94702
NICA 506.00 7.88913
PRVU 222.00 7.76699
LGIL 390.00 7.73481
GLICL 413.00 7.55208
SBL 283.00 7.19697
GBBL 210.00 7.14286
NTC 639.00 7.03518
GBIME 244.00 7.01754
MEGA 200.00 6.95187
SANIMA 326.00 6.88525
KBL 177.00 6.62651
SBI 405.00 6.57895
NBL 245.00 6.52174
ADBL 350.00 6.38298
MLBL 187.00 6.25
NBB 189.00 6.17978
NCCB 176.00 6.0241
RMDC 583.00 6
PIC 497.00 5.97015
MERO 535.00 5.94059
LBBL 179.00 5.91716
DDBL 763.00 5.82524
NMB 365.00 5.7971
CHCL 368.00 5.74713
BPCL 332.00 5.73248
API 111.00 5.71429
CBBL 982.00 5.5914
IGI 360.00 5.57185
UPPER 228.00 5.55556
FMDBL 418.00 5.55556
PLIC 525.00 5.42169
MBL 220.00 5.26316
SWBBL 1,109.00 5.21822
KMCDB 726.00 5.21739
JBBL 165.00 5.09554
ILBS 620.00 5.08475
MFIL 252.00 5

मंगलबारको कारोबारमा एसियन लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्यारेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र नागरिक लगानी कोषको मूल्य १० प्रतिशत बढेर कारोबारमा सर्किट लागेको थियो भने साल्ट टे्रडिड., बिजय लघुवित्त,हिमालयन डिष्टिलरी,साना किसान, नेको इन्स्योरेन्स,शिखर इन्स्योरेन्स,अरुण कावेली,स्टाण्डर्ड चार्टर्ड, युनाइटेड इन्स्योरेन्स,नविल,इन्भेष्टमेण्ट बैंक,एभरेष्ट इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी,मुक्तिनाथ विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, बैंक अफ काठमाडौंको सेयर मूल्य ९ प्रतिशतमाथि बढेको थियो ।

छोटो समय चलेको मंगलबारको कारोबारमा अधिकांश कम्पनीका शेयर मूल्य बढेको छ ।

यस दिन उल्लेखित कम्पनीका साथै साल्ट टे«डिङ कर्पोरेशन, विजय लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी, साना किसान विकास बैंकका लगानीकर्ताले मनग्य कमाएका छन् ।

Symbol LTP % Change Qty
NRIC 344.00 -9.95 20,380
OHL 306.00 -9.73 178
SAEF 8.40 -3.89 4,800
BFC 86.00 -2.27 120
NIBSF1 9.34 -1.99 1,000
NSEWA 546.00 -1.97 10
EDBL 308.00 -1.91 20
KPCL 104.00 -1.89 20
SHL 160.00 -1.84 100
ALBSL 537.00 -1.65 69

यस्तै नेपाल पुनर्बीमा कम्पनी, ओरियन्टल होटल, सानिामा इक्विटी, बेस्ट फाइनान्स, एनआईबिएल सम्बृद्धि फण्ड–१ का लगानीकर्ताले गुमाएका छन् ।

Share Now

Leave a comment.