पोखरा(कास्की), ११ माघ । आदित्य चौधरीले एक मात्र निर्णायक गोल गरेपछि सशस्त्र प्रहरीको एपिएफ क्लब यहाँ जारी १६ औं आहा१ रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार पोखरा रंगशालामा सम्पन्न खेलमा एपिएफले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।
एपिएफको जितमा पहिलो हाफको २७ औं मिनटमा आदित्य चौधरीले गरेको सुन्दर फ्रिकिक गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । बिहीबार एपिएफको जितमा निर्णायक बनेका आदित्य नै खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
साहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ । प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रा।लि। ले गरेको छ ।