Prakash Adhikari July 28, 2020

सानेपा(ललितपुर), १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीबाट राजिनामा दिनुभएका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ ।

अहिले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा उहाँलाई अबिर र माला लगाउनुको साथै पार्टीको क्रियाशील सदस्यता दिएर पार्टीमा स्वागत गर्ने कार्यक्रम भइरहेको छ ।

पार्टी प्रवेश कार्यक्रमको सभापतित्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुभएको छ ।

https://www.facebook.com/nepalicongresshq/videos/1821743814634556/

पार्टीका उपसभापति विमलेन्द्र निधिले उदार लोकतान्त्रिक धार बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीको नेपाली कांग्रेसमा भएको पार्टी प्रवेशले नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्तिहरुको एकीकरण अभियानलाई बल पुगेको बताउनुभयो ।

कार्यक्रममा थापासंगै राप्रपा परित्याग गरेका एक दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरु कांग्रेसको सदस्यता लिएर पार्टी प्रवेश गर्दै हुनुहुन्छ ।

आज प्रवेश गर्नुहुने थापालाई पार्टीको विधि विधान र प्रक्रिया पुर्याएर नेपाली कांग्रेसले सहमहामन्त्रीको पदाधिकार दिने संभावना छ ।

Share Now

Leave a comment.