Prakash Adhikari July 30, 2020

 

काठमाडौं, १५ साउन । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ भने यस घातक भाइरसको संक्रमणमा पर्नेहरुको संख्या १९ हजार ५ सयबाट उकालो लागेको छ ।

विगत २४ घण्टामा विभिन्न जिल्लामा थप २ सय ७४ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिए पछि हालसम्म सङ्क्रमितको कुल सङ्ख्या १९ हजार ५ सय ४७ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसारअहिलेसम्म कोरोनाको संक्रमणबाट ५२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

Image

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा २ सय २७ जना निको भएसँगै अहिलेसम्म १४ हजार २ सय ४८ जना रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५ हजार २ सय २७ व्यक्ति देशभरि छन्।

थपिएका मृतकहरु कहाँका ?

बिहीवार पुष्टि भएका तीन जनाको मृत्यु बुधवार भएको हो।

मृत्यु हुनेहरूमा मोरङ्को सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष, पर्साको वीरगञ्ज महानगरपालिकाका ७० वर्षीय पुरुष र ६८ वर्षीय पुरुष रहेका छन्।

मोरङका पुरुषको धरानमा भेन्टीलेटरमा उपचाररत रहँदा बुधवार मृत्यु भएको र निज भारत आवतजावत गरिरहने बताइएको छ।

पर्साका ७० वर्षीय पुरुष भने मुटु तथा मधुमेहको बिरामी रहेको र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि साउन ८ देखि उपचाररत रहेको बताइएको छ।

अर्का पुरुषमा भने मिर्गौलाको समस्या रहेको र झाडापखालाको उपचारका अस्पताल भर्ना भएका थिए।

कोरोनाभाइरस ब्यानर
प्रदेश १ मा पहिलो मृत्यु
प्रदेश १ को बासिन्दाको कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो पटक मृत्यु भएको हो।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको बुधबार साँझ मृत्यु भएको हो।

ज्वरो आएर उपचारका लागि केही दिनअघि कोशी अस्पताल विराटनगर पुगेका उनलाई चिकित्सकले कोरोनाभाइरसको लक्षण देखिएको भन्दै स्वाब सङ्कलन गरेका थिए।

कोशी अस्पतालकै आइसोलेशनमा रहेका उनको बुधबार दिउँसो सङ्क्रमण पुष्टि भएको थियो।

उनको स्वास्थ्य जटिल बन्दै गएपछि थप उपचारका लागि लगिएको र त्यहाँ आईसीयूमा भर्ना गरेलगत्तै उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।नेपालमा कोरोनाभाइरस सङ्क्रमणको स्थिति के छ?. प्रदेशगत विवरण.  बिहीवार साउन १५ गते अपराह्णसम्मको विवरण.

बिहीवार साउन १५ गते अपराह्णसम्मको विवरण।

उनी दुई महिनाअघि भारतबाट आएर क्वारेन्टाइनमा पीसीआर परीक्षण गराउँदा नेगेटिभ आएपछि उनी घर फर्किएको बताइएको छ।

सीमाक्षेत्रमै घर भएका कारण पछि उनी भारततर्फ गएको र उतै सङ्क्रमित भएर फर्किएको हुनसक्ने बताइएको छ।

बिहीवार थपिएका १८ जनासहित प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या ९ सय ९३ पुगेको छ। तीमध्ये ७ सय ८९ जना निको भएर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैबीच कोशी अस्पतालका चिकित्सकसहित चार जना स्वास्थ्यकर्मीलाइ सङ्क्रमण पुष्टि भएपछि बिहीवारदेखि बहिरङ्ग सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा. चुमनलाल दासले बताउनुभयो।

उपत्यकाको स्थिति

नेपालको राजधानी काठमाडौं उपत्यकामा बिहीवार ४८ जना सङ्क्रमित थपिएका छन्।

तीमध्ये भक्तपुरमा पाँच जना, ललितपुरमा दुई जना र अन्य ४१ जना काठमाडौं जिल्लाका रहेका छन्।

कुल सङ्क्रमितको सङ्ख्या काठमाडौंमा ३ सय ९० जना, ललितपुरमा ९१ जना र भक्तपुरमा ५५ जना पुगेको छ।

उपत्यकामा बुधवार १५ जना र मङ्गलवार ५३ जना सङ्क्रमित थपिएका थिए।

पर्साको अवस्था 

पर्सामा थप ४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्यकर्मी, प्रहरी, सेना लगायतलाई सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले बताउनुभयो।

तीमध्ये नारायणी अस्पतालका नौ जना स्वास्थ्यकर्मी र एक एम्बुलेन्स चालक पनि रहेको बताइएको छ।

अरू तथ्याङ्क के छ ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ३ सय ४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कुल पीसीआर परीक्षणको सङ्ख्या ३ लाख ६४ हजार ६ सय ४८ रहेको छ।

अहिले देशभरिका क्वारेन्टाइनमा १३ हजार भन्दबढी मानिस क्वारेन्टाइनमा छन्।

तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा सर्वाधिक सङ्ख्यामा छन्।

Share Now

Leave a comment.