Prakash Adhikari August 2, 2020

 

नयाँदिल्ली(भारत), १८ साउन(बीबीसी) । भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन कोभिड १९ को उपचारपछि अस्पतालबाट घर फिर्ता हुनुभएको छ।

गत महिना ७७ वर्षीय कलाकारले ट्विटरमार्फत् आफूलाई कोरोनाभाइरस सङ्क्रमण भएको जानकारी दिनुभएको थियो।

अमिताभको परिवारमा छोरा अभिषेक बच्चन, बुहारी ऐेश्वर्या राय र नातिनी आराध्यालाई पनि सङ्क्रमण भएको थियो।

आइतवार बच्चनले परीक्षणमा भाइरसमुक्त भएको देखिएपछि अस्पताल छाडेको बताउनुभएको छ।

ट्वीट गर्दै बच्चनले आफ्ना प्रशंसकहरूको प्रार्थना र मुम्बईको नानावती अस्पतालको निकै राम्रो स्याहारप्रति धन्यवाद दिनुभएको छ।

गृहमन्त्रीमा सङ्क्रमण
आइतवार नै भारतका केन्द्रीय गृहमन्त्री अमित शाहमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

मन्त्री शाहले ट्वीटमार्फत् आफूमा कोभिड(१९ को प्रारम्भिक लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोनाभाइरस देखिएको जानकारी गराउनुभएको हो ।

गृहमन्त्री शाह चिकित्सकहरूको सल्लाहमा अस्पताल भर्ना हुनुभएको छ।

आइतवार नै भारतको उत्तर प्रदेश राज्य सरकारकी एक मन्त्री कमला रानीको भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ।

भारतमा तमिलनाडुका राज्यपाल वनवारीलाल पुरोहितलाई पनि सङ्क्रमण देखिएको बीबीसी हिन्दीले समाचारस्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ।

देशभरि उच्च सङ्क्रमण

भारतमा अहिले कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएको छ।

विगत २४ घण्टामा ५४ हजारभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएकोआइतबार बिहान सरकारले जनाएको थियो।

शनिवार त्यहाँ ५७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका थिए। त्यो अहिलेसम्मकै उच्च दैनिक वृद्धि हो।

कोरोनाभाइरस भारत

भारतमा लगातार चौथो दिन ५० हजारभन्दा बढी सङ्क्रमित फेला परेका हुन्

भारतको आर्थिक राजधानी मुम्बई सहर रहेको महाराष्ट्र सबैभन्दा नराम्ररी प्रभावित राज्य हो।

आन्ध्र प्रदेश, तेलङ्गना र असम राज्यसहित अन्य ठाउँमा पनि सङ्क्रमण तीव्र गतिमा फैलिरहेको बताइन्छ।

Share Now

Leave a comment.