Prakash Adhikari August 4, 2020

 

काठमाडौं, २० साउन । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २१ हजारबाट उकालो लागेको छ ।

मंगलबार थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २१ हजार ९ पुगेको छ ।

विगत २४ घण्टामा राजधानी काठमाडौं उपत्यकामा ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार विगत २४ घण्टामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएसंगै मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ५८ पुगेको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५ हजार ९ सय २५ छ।

Image
गत असार १९ मा एकैदिन ७ सय ४० जना सङ्क्रमित थपिएको मन्त्रालयले पुष्टि गरेको थियो।

सोमवार भने ४ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने नाकामा सङ्कलित नमुनाको परीक्षण गर्दा ४० जनामा सङ्क्रमण भेटिएको जानकारी दिएको छ।

कोरोनाभाइरस

को हुन् मृतक ?
मन्त्रालयका अनुसार मोरङ जिल्लाका ७५ वर्षीय पुरुषको साउन १९ गते मृत्यु भएको हो।

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उनी सोमवार बिहान कोशी अस्पतालमा भर्ना भएका थिए।

उपचारको क्रममा उनको सोमवार नै मृत्यु भएको र उनमा कोभिड १९ पुष्टि भएको मन्त्रालयले जनाएको छ।

ती व्यक्ति मधुमेह र उक्त रक्तचापबाट पनि पीडित भएको जनाइएको छ।

को हुन् सङ्क्रमित ?

सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ सङ्क्रमित फेला परेका हुन्। तीमध्ये काठमाडौंमा ४८ जना, भक्तपुरमा १३ र ललितपुरमा एक जना छन्।

त्यसबाहेक सर्लाहीमा २६ जना, मोरङमा २३ जना, कैलालीमा २२ जना र महोत्तरीमा १५ जना थपिएका छन्।

परीक्षण
परीक्षण र नतिजा
विगत २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ६ सय ८७ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा ६५ जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५ हजार नाघेको छ।

कोरोनाभाइरस
अहिलेसम्म गरिएको पीसीआर परीक्षणको सङ्ख्या ४ लाख नाघेको छ।

अहिले देशभरि विभिन्न स्थानमा १० हजार ४ सय भन्दा केही बढी मानिसहरू क्वारेन्टाइनमा छन्।

तीमध्ये गण्डकी र सुदूरपश्चिम प्रदेशमा हुनेको सङ्ख्या सर्वाधिक छ।

Share Now

Leave a comment.