हंगकंग(चीन), २६ साउन(बीबीसी) । विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा हङ्कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमीलाई हंगकंग प्रशासनले पक्राउ गरेको छ ।
मार्क साईमनका अनुसार जिमीलाई चीनले बलपूर्वक कार्यान्वयन गराएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको हो।
जिमीलाई गत वर्ष हङ्कङमा भएको प्रजातन्त्रवादी आन्दोलनका समर्थक र त्यहाँको सबैभन्दा ठूलो एपल डेली समाचारपत्रका प्रकाशक हुन्।
जिमीसँग यूकेको नागरिकता पनि छ।
गत फेब्रुअरी महिनामा ७१ वर्षीय जिमीलाई अवैधानिक रूपमा भेला भएको र बलजफती गरेको अभियोग लगाइएको थियो। पछि उहाँ धरौटीमा छुट्न
भयो।
“विदेशी शक्तिहरूसँग मिलेमतो गरेको भन्दै जिमी लाई अहिले पक्राउ परेका छन्,” लाईको सञ्चार कम्पनी नेक्स्ट डिजिटलमा कार्यरत साईमनले भन्नुभयो।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीहरूले उक्त कम्पनी अवस्थित भवनमा प्रवेश गरेर खानतलासी गरेका छन्।

प्रहरीले सोमवार सात व्यक्तिलाई राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको आशङ्कामा पक्राउ गरिएको पुष्टि गरेको छ। तर प्रहरीले जिमीलाईको नाम खुलाएको छैन।
सोमवार भएको कारबाही नयाँ कानुनअन्तर्गत गरिएको तेस्रो चरणको पक्राउ हो।
अहिलेसम्म पक्राउ पर्नेमध्ये लाई सबैभन्दा ठूला र विदेशी नागरिकतावाहक पहिलो व्यक्ति हुनुहुन्छ।
जिमी लाईको परिचय
जिमी लाई एक अर्ब डलर मूल्याङ्कन गरिएको सम्पत्तिका मालिक हुनुहुन्छ।
उहाँले पहिला कपडा उद्योगबाट धेरै धन कमाउनुभयो। पछि उहाँ सञ्चार क्षेत्रमा आउनुभयो र एपल डेलीको स्थापना गर्नुभयो।
उक्त पत्रिकाले हङ्कङ र चिनियाँ नेतृत्वको बारम्बार आलोचना गर्ने गरेको छ।

हङ्कङमा चीनको बढ्दो प्रभावविरुद्ध जिमी आफैँ सक्रिय अभियानमा लाग्नुभएको छ।
सन् २०१९ मा हङ्कङमा सुधारका लागि आयोजित विरोध प्रदर्शनहरूमा उहाँ पनि सहभागी हुनुहुन्थ्यो।
यो वर्षको आरम्भतिर उहाँलाई मुद्दा चलाइँदा चिनियाँ सरकारी सञ्चारमाध्यमले लाईलाई “दङ्गाका प्रमुख योजनाकार” को सङ्ज्ञा दिँदै उहाँले “मुख्यभूमि चीनबारे घृणा र नकारात्मक सूचनाको लहर” फैलाएको आरोप लगाएको थियो।
चीनले ल्याएको नयाँ कानुन पारित हुँदा लाईले जुन ३० मा बीबीसीसँग त्यो “हङ्कङका लागि मृत्युको घण्टी” भएको प्रतिक्रिया दिनुभएको थियो।
समाचारसंस्था एएफपीसँगको अन्तर्वार्तामा उहाँले आफू जेल जान तयार रहेको बताउनुभएको थियो।


















