चौतारा(सिन्धुपाल्चोक), ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिस्तीमा शुक्रबार बिहान गएको पहिरोमा परी एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका छन्।
पहिरोमा स्थानीय मानबहादुर दोङको परिवारको ६ जनासहित ३८ जना बेपत्ता भएका छन् भने ८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि पठाइएको छ ।
पहिरोमा परेर ३७ घर पूर्णरुपमा ध्वस्त भएका छन्।
पहिरो गएको स्थलमा उद्धारको समन्वयको तथा निरीक्षणको लागि सभामुख अग्निप्रसाद सापकोटा घट्नास्थल पुगिसक्नुभएको छ ।








