Prakash Adhikari August 19, 2020

 

काठमाडौं, ३ भाद् । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष परिवर्तन गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रेस काउन्सिलको नियमावली परिवर्तन गर्दै कार्यवहाक अध्यक्ष परिवर्तन गर्ने निर्णयको कार्यान्वयन नगर्न नेपाल सरकारलाई अन्तरिम आदेश जारी गरेको हो।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको स्थानमा दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो।

सो निर्णयले प्रेस स्वतन्त्रता कमजोर भएको भन्दै चेतनाथ धमलाले सोमबार नै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

Share Now

Leave a comment.