Prakash Adhikari September 9, 2020

मुम्बई(भारत), २४ भाद्र । अवैध निर्माण गरेको भन्दै बृहन्‍मुम्बई महानगरपालिका (बीएमसी(ले बलिउड अभिनेत्री कंगना रनावतको कार्यालय भत्काएको छ ।
बीएमसीले मंगलबार क‌ंगनाको कार्यालयमा २४ घण्टाभित्र सामान हटाउन भन्दै नोटिस पठाएको थियो ।

कंगनाका तर्फबाट उनका वकिलले लिखित जवाफ दिए पनि चित्तबुझ्दो नभएको बताउँदै बीएमसीले उनको कार्यालय भत्काएको हो ।
उनले आफ्नो कार्यालयको तस्बिर ट्विट गर्दै मुम्बइलाई पाकिस्तानको संज्ञा दिएकी छन् । अर्को फोटोमा उनले ‘डेथ अफ डेमोक्रेसी’ लेखेकी छन् ।

https://twitter.com/A_lonethinker/status/1303642853952819200

कंगनाले आफूले अवैध निर्माण नगरेको लगातार ट्विटरमार्फत बताउँदै आएकी छिन् । उनले लेखेकी छिन, ‘मेरो घरमा कुनै अवैध निर्माण गरिएको छैन । सरकारले पनि सेप्टेम्बर ३० सम्मलाई नभत्काउनु भनेको छ । वास्तवमा यो हो फासिजम ।’

अर्को ट्विटमा कंगनाले महाराष्ट्रको गुन्डाले आफ्नो सम्पतिलाई अवैध सावित गर्न लागि परेको लेखेकी थिइन् ।’म आउनुअघि नै महाराष्ट्र सरकार र उनीहरुको गुन्डाले मेरो अफिस बाहिर आएर त्यसलाई तोड्ने काम गरेका छन्,’,  उनले ट्विटमा लेखेकी थिइन् ।

बिएमसीले कंगनाको अफिसमा बुलडोजर लगाइसकेको छ । उनको यो अफिस बान्द्राको पाली हिलमा छ । केही महिनाअघि उनले यो अफिस निर्माण गरेकी थिइन् ।

अभिनेत्री कंगना चण्डिगढबाट मुम्बई आउदा एअरपोर्टमा शिवसेनाका कार्यकर्ताहरुले कालो झण्डाले उनको विरोध गरेका थिए ।

शिवसेना पार्टीका नेताहरुसँग कंगनाको केही समयदेखि भनाभन चलिरहेको थियो ।

महाराष्ट्रमा शिव सेना नेतृत्वको सरकार छ । बीमएसी महाराष्ट्र सरकारको मातहतमा आउँछ । कंगनाका समर्थकले बीएमसीले राजनीतिक दबाबमा आएर उनको कार्यालय भत्काएको बताएका छन् ।

तर बीएमसीका अधिकारीले भने अवैध रुपमा भौतिक संरचनाको निर्माण गरिएकाले भत्काएको बताएका छन् ।

भारतका अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा मुम्बईको चलचित्र जगतको गुटबन्दी दादागिरीबिरुद्ध खुलेर बोल्दै आएकी उनलाई धेरै खाले शक्ति र व्यक्तिहरुले धम्की दिने गरेका थिए ।

 

Share Now

Leave a comment.