Prakash Adhikari September 9, 2020

काठमाडौं, २४ भाद्र । सरकारले उपत्यकाको निषेधाज्ञालाई सहज बनाएको छ। स्थानीय प्रशासनले बिहिबारदेखि उपत्यकामा अधिकांश ब्यवसायिक गतिविधिहरु शर्तसहित संचालन गर्न पाइने व्यवस्था गरेको छ । तर, त्यसका लागि साप्ताहिक तालिका बनाएर निश्चित बारमा निश्चित व्यबसायहरु खोल्न पाउने व्यवस्था गरिएको छ ।

बुधबार गृहमन्त्रालयको परामर्शमा तीनवटै जिल्लाले जनजीवन सामान्य बनाउने गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेका हुन्।

बिहिबार राति १२ बजेदेखि भाद्र ३१ गते राति १२ बजेसम्मका लागि थप गरिएको निषेधाज्ञामा स्वास्थ्यको मापदण्ड पालना गरेर व्यवसाय गर्न खुल्ला गरिएको छ।

उपत्यकाका तीन वटै जिल्लामा भदौ ३ गतेबाट निषेधाज्ञा सुरु भएको थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार निषेधाज्ञालाई निकै खुकुलो गरी ब्यापार ब्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको छ ।

अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले छुट्टाछुट्टै सूचना प्रकाशित गरी यसको जानकारी दिएका छन् ।

निषेधाज्ञा खुकुलो गरे पनि काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने यसअघि कै कडा प्रावधान कायम गरिने प्रजिअ दाहालले जानकारी दिनुभयो ।

यस्तै शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्रलाई पनि पहिलाकै ब्यवस्था कायम गरिएको छ ।

Ktm-CDO-notice-1a.jpg

Ktm-CDO-notice-2-2a.jpg

Ktm-CDO-notice-3-3.jpg

Share Now

Leave a comment.