Prakash Adhikari September 11, 2020

 

काठमाडौं, २६ भाद्र । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

आन्तरिक विवादका कारण साउन ६ गतेदेखि स्थगित बैठक विवाद समाधान उन्मुख भएपछि शुक्रबार बसेको हो । यस बीचमा साउन १३ गते निर्धारित गरिएको बैठक प्रधानमन्त्री ओलीका तर्फबाट एकतर्फीरुपमा स्थगित गरिएपछि नेकपामा विवाद उत्कर्षमा पुगेको थियो ।

बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।

गत असार १० गतेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय चर्किएपछि असार १८ पछि लामो समय स्थगित भएर साउन ६ गते सञ्चालन भएको थियो ।

सरकार र पार्टी सञ्चालनमा प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष के.पी. ओली सक्षम नभएको भन्दै स्थायी समितिका सदस्यहरुले दुवै पदबाट उहाँको राजिनामा मागेपछि नेकपा विभाजनको विन्दुमा पुगेको थियो । तर दुई अध्यक्षहरुलो लामो समयको संवादपछि गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा दुवैपक्षका दोस्रो तहका नेताहरुको सम्मिलित ६ सदस्यीय कार्यदलबनाइएको थियो ।सो कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र प्रचण्डले बैठकका एजेण्डा तयार पार्नुभएको

कार्यदललाई नै आधार बनाएर तयार एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्नेदेखि आउने चैत्रमा महाधिवेशन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्री तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने,लगायतका विषय समेटिएका छन् ।

स्थायी समितिको बैठकले कोरोना भाइरस नियन्त्रण, एमसीसी, लगायतका विषय समेटिएको अध्यक्षद्धयको प्रतिवेदन पारित गर्ने र बैठक स्थगित गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव

Share Now

Leave a comment.