Prakash Adhikari September 12, 2020

 

काठमाडौं, २७ भाद्र । नेपालमा विगत चौबीस घण्टामा १ हजार २ सय १ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १४ जनाको जीवन यस घातक भाइरसको कारण गुमेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार यो तथ्याङ्कसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या ५३ हजार १ सय २० र निको हुनेको सङ्ख्या ३७ हजार ५ सय २४ पुगेको छ।

त्यसैगरी विगत चौबीस घण्टामा १४ जनाले कोभिड(१९ का कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोभिड १९ का कारण हालसम्म नेपालमा ३ सय ३६ जनाको ज्यान गइसकेको छ।

कोरोनाभाइरस

गत चौबीस घण्टामा ८ सय ५२ जना सङ्क्रमण मुक्त भएका छन् ।

डा.गौतमका अनुसार सङ्क्रमित निको हुने दर ७०.६ प्रतिशत रहेको छ।

हाल देशभर १५ हजार २ सय ६० जना आइसोलेशनमा रहेका छन् र ६ हजार ३ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन्। तीमध्ये होम आइसोलेशनमा ६जजार १ सय ५३ जना रहेका छन्।

त्यसैगरी २४ घण्टामा १० हजार १ सय ७६ को पीसीआर परीक्षण गरिएको छ।

हाल आईसीयूमा १ सय ६० जना र भेन्टिलेटरमा २४ जना रहेका छन्। भेन्टिलेटरमा रहेका मध्ये २१ जना वाग्मती प्रदेशमा रहेका छन्।

मृत्यु हुने कहाँका को हुन् ?

सुनसरीका ४३ वर्षीय पुरुष, पर्साका ७८ वर्षीय महिला, काठमाण्डूका ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष रहेका छन्।

भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँका ७६ वर्षीय महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष रहेका छन्।

त्यसैगरी कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देशीका ६० र ४० वर्षीय पुरुष रहेका स्वास्थ्य मन्त्रालयको वेबसाइटमा जनाइएको छ।(बीबीसीबाट)

Share Now

Leave a comment.