Prakash Adhikari January 28, 2018

काठमाडौं, १४ माघ । युवा स्टार अनमोल केसी नायिका अदिती बुढाथोकीलाई च्यापेर स्कटल्याण्ड प्रस्थान गरेका छन् ।

शुक्रवार साँझ अनमोलसँगै नायिका अदिती बुढाथोकी, निर्माता द्वय भुवन केसी र सुबास गिरी, निर्देशक सुरेन्द्र पौडेल, छायाँकार पुरुषोत्तम प्रधानसहित फिल्मको जम्बो टिम स्कटल्याण्ड उडेको हो ।

माघ २६ देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कृ’ को एक रोमान्टिक गीत खिच्नका लागि अनमोलको टोली स्कटल्याण्ड उडेको हो ।

उक्त टा्ेलीमा लामो समयदेखि भुवनसँग ‘लिभिङ टूगेदर’ मा रहँदै आइरहेकी जीया केसी पनि छिन् ।

निर्माता तथा नायक केसीले कथाको माग अनुसार नै फिल्मको ‘मैले जानी नजानी’ बोलको गीत विदेशमा खिच्न लागिएको जानकारी दिए ।
माघ १७ गते यो टिम काठमाडौं फर्किदैछ । अनमोल र अदिती पहिलो पटक विदेशमा फिल्मको सुटिङ गर्दाको अनुभव बटुल्न उत्साहित देखिन्थे ।

ट्रेलर र ‘यति यति पानी’ बोलको गीतले नै प्रतिक्षीत बनेको ‘कृ’ मा अनमोलको रोमान्टिक र एक्सन अवतार देख्न पाइनेछ । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको ‘कृ’ लाई द सुपर काजोल फिल्मसले प्रस्तुत गरेको हो ।

यो फिल्ममा अनमोल र अदितीका अलावा सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्मका कार्यकारी निर्माता र सहनिर्माता क्रमशः कमल गिरी र  श्री पराजुली रहेका छन् ।

Share Now

Leave a comment.