Prakash Adhikari September 17, 2020

काठमाडौं, १ असोज । पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधनमा उहाँप्रति शोक प्रकट गर्न आज नेपालभरका अदालत बन्द गरिने भएको छ ।

सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो।

१ सय १ बर्षीय सिंहको मंगलबार ओम अस्पताल काठमाडौंमा निधन भएको थियो।

१९७६ सालमा सप्तरीमा जन्मनुभएका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो । उहाँले तीन वर्ष प्रधानन्याधीशको कार्यभार सम्हाल्नुभएको थियो ।

सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालत सहित देशभरका अदालतमा एक दिन शोक बिदा दिने निर्णय गरेको हो।

Share Now

Leave a comment.