Prakash Adhikari September 24, 2020

आबुधाबी(संयुक्त अरब इमिरेट्स), ८ असोज । भारतको चर्चित टी २० क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ संस्करण अन्तरगत बुधबार राति सम्पन्न पाँचौ खेलमा मुम्बई इण्डियन्सले कोलकोता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ ।

आबुधाबीस्थित शेख जायद स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिड. गरेको मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य कोलकाताले हासिल गर्न सकेन । उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो।

Image

खेलमा सुरुदेखि नै कोलकोता दबाबमा परेको थियो । ओपनर शुभमन गिल ७ रन तथा सुनिल नारायण ९ रन बनाएर आउट भए । २३ बलमा ५ चौकाको मद्दतले ३० रन बनाए कप्तान दिनेश कार्तिक राहुल चाहारको एलबीडब्ल्युमा परे । २४ रन बनाएका नितिश रानालाई पनि काइरन पोलार्डले मैदानमा टिक्न दिएनन् । नवौं नम्बरमा ब्याटिंग गर्न आएका प्याट कमिन्सले १२ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३३ रन बनाएर जितको झिनो आशा दिलाए पनि १९ औं ओभरमा प्याटिन्सले उनलाई पनि पेभिलियन फर्काए । ठूलो आशा गरिएका आन्द्रे रसेल ११ रनमा र ओएन मोर्गन १६ रनमा आउट भएपछि कोलकोता धराशायी हुन गयो । कोलकोताको लागि शिभम् माभीले ९ तथा र कुलदीप यादव र निखिल नाइकले एक एक १ रनको योगदान दिए ।

कोलकोतालाई रोक्ने क्रममा मुम्बईका ट्रेन्ट बोल्ट , जस्प्रित बुम्राह ,राहुल चाहर र जेम्स प्याटिन्सनले समान २ विकेट तथा काइरन पोलार्डले १ विकेट लिएका थिए।

मुम्बईको ब्याटिंग

खेलमा टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो।

Rohit Sharma goes for the big one

मुम्बईको लागि कप्तान रोहित शर्माले ५४ बलमा ६ छक्का र ३ चौकाको मद्दतले सर्वाधिक ८० रन बनाए । यस्तै सूर्यकुमार यादवले ६ चौका र १ छक्काको मद्दतले २८ बलमा ४७ सौरभ तिवारीले २१ , हार्दिक पान्ड्याले १८ तथा काइरन पोलार्डले १३ रन जोडे । क्विन्टन डी कक र क्रुनाल पान्ड्याले समान एक एक रन जोडेका थिए।

मुम्बईलाई रोक्ने क्रममा कोलकाताको बलिंगमा शिभम् माभीले २ विकेट तथा आन्द्रे रसेल र सुनिल नारायणले समान एक एक विकेट लिए।

यस खेलको समाप्तिमा कोलकाता सन् २०१२ पछि पहिलो पटक लिगको पहिलो खेलमा पराजित भएको छ भने मुम्बई आईपीएलमा एकै टिम बिरुद्ध सबैभन्दा बढी जित दर्ता गर्ने टिम बनेको छ। मुम्बईले आईपीएलका खेलमा कोलकातालाई पराजित गरेको यो २० औं पटक हो । आईपीएलमा कोलकाताले पञ्जाबलाई तथा मुम्बईले चेन्नाईलाई १७ । १७ पराजित गरेका छन्।

यो जितसंगै २ खेलमा १ जित र १ हार बेहोरेको मुम्बई अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ। समान २ अंक रहेता पनि मुम्बईले नेट रनरेटमा राजस्थान, बैंगलोर , दिल्ली र चेन्नाईलाई पछि पारेको हो। पन्जाब, हैदरावाद र कोलकाताले अंक बटुल्न सकेका छैनन्।

Indian Premier League

लिग अन्तर्गत बिहिबार राति ७ : ४५ बजे किंग्स् ११ पञ्जाब र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।

मुम्बईले आगामी खेल सेप्टेम्बर २८ मा बैंगलोरबिरुद्ध खेल्नेछ। यस्तै कोलकाताले सेप्टेम्बर २६ मा हैदरावादबिरुद्ध खेल्नेछ।

Share Now

Leave a comment.