पाल्पा, १० असोज । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका पाँच जनाकै शव भेटिएको छ ।
पहिरोमा परेर बेपत्ता भएका रम्भा गाउँपालिक २ फोक्सिङकोटका १७ बर्षीय कृष्णमाया गाहा, १४ बर्षीय खुमिसरा आले ,आठ बर्षीय लक्ष्मी गाहाको, ५० बर्षिय घनीसरा गाहा र ६० बर्षिय हुमबहादुर गाहाको शव शुक्रबार अबेर राती भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।
बेपत्ताहरुको शब नेपाली सेना, जनपथ प्रहरी, शसत्र प्रहरी र स्थानीयको सहयोगमा पुरिएको अवस्थामा निकालिएको हो । उक्त पहिरोले तीन घरमा पुर्ण क्षति पुर्याएको छ भने १७ घर जोखिममा छ्न ।


















