Prakash Adhikari September 27, 2020

आबुधावी(संयुक्त अरब इमिरेट्स), ११ असोज । संयुक्त अरब इमिरेट्स(युएई)मा भैरहेको भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं संस्करण अन्तरगत शनिवार राति सम्पन्न खेलमाा कोलकाता नाइट राइडर्सले सन राइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ।

शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा हैदरावादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा ३ विकेट गुमाएर १ सय ४५ रन जोडेर हासिल गर्यो।

Image

लक्ष्य पछ्याउने क्रममा कोलकाताका ओपनर सुनिल नारायण दोश्रो ओभरमा खाता नखोली खलिल एहमदबाट क्याच आउट भएपछि ओपनर शुभमन गिलले बडो धैर्यका साथ टीमलाई विजयतर्फ लगेका थिए । उनले दोश्रो विकेटको लागि नितिश रानासंग ३७ रनको साझेदारी गरेका थिए। १३ बलमा ६ चौका प्रहार गर्दै २६ रन बनाएका रानालाई नटराजनले पाँचौ ओभरमा क्याच आउट गरे भने सातौँ ओभरमा मैदानमा उत्रिएका कप्तान दिनेश कार्तिकलाई खाता नखोल्दै राशिद खानले एलबिडब्ल्यु आउट गरे।

त्यसपछिओपनर शुभमन गिलले ओएन मोर्गनसंग साझेदारी गर्दै टिमलाई जितमा पुर्याए । यसक्रममा दुवैले चौथो विकेटको लागि अविजित ९२ रनको साझेदारी गरे। गिलले ६२ बलमा ५ चौका र २ छक्काको मद्दतले अविजित ७० रन बनाए भने मोर्गनले २९ बलमा ३ चौका र २ छक्का मद्दतले अविजित ४२ रन बनाए।

Image

कोलकोतालाई नियन्त्रण गर्ने क्रममा हैदरावादका खलिल एहमद टी नटराजन र राशिद खानले एक एक विकेट लिए।

हैदरावादको ब्याटिड.

यस अघि टस जितेर ब्याटिंग गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो।

सुस्त सुरुवात गरेको हैदरावादका ओपनर जोनि बेयरस्टो १० बलमा ५ रन बनाएर चौथो ओभरमा प्याट कमिन्सबाट बोल्ड भएपछि कप्तान डेभिड वार्नर ३६ रन बनाएर १० औं ओभरमा वरुण चक्रवर्तीबाट ‘कट एण्ड बोल्ड’ आउट भए।

तेश्रो विकेटको लागि मनिष पाण्डे र रिद्दिमान शाहले ६२ रनको साझेदारी गरे। १८ औं ओभरमा आन्द्रे रसेलले मनिष पाण्डेलाई ‘कट एण्ड बोल्ड’ आउट गरे। पाण्डेले ३९ बलमा ३ चौका र २ छक्का मद्दतले ५१ रन बनाए। अन्तिम ओभरमा रिद्दिमान शाह रन आउट भए जसले ३० बलमा ३१ रन बनाए। खेलमा मोहम्माब नाबीले ८ बलमा २ चौका मद्दतले अविजित ११ रन बनाए।

Sunrisers Hyderabad Team IPL 2020 Live Streaming, Score, Predictions

हैदराबादलाई रोक्ने क्रममा कोलकाताका प्याट कमिन्स, वरुण चक्रवर्ती र आन्द्रे रसेलले एक एक विकेट लिए।

पहिलो खेलमा मुम्बईसंग ४९ रनले पराजित भएको कोलकाताले दोस्रो खेलमा शानदार पुनरागमन गरेको छ।

जितपछि अंकतालिकामा कोलकाता २ खेलमा १ जित र १ हार पछि पाँचौ स्थानमा उक्लेको छ। हैदरावाद भने लगातार दोश्रो हार पछि अंकविहिन टिमको रुपमा पुछारमा रहेको छ।

लिगका हालसम्मका दुवै खेलमा शतप्रतिशत विजय निकाल्दै दिल्ली क्यापिटल्स अंकतालिकाको शीर्षमा पुगेको छ ।

लिग अन्तर्गत हैदरावादले आगामी खेल सेप्टेम्बर २९ तारिख मंगलबार दिल्ली क्यापिटल्ससंग खेल्नेछ।

कोलकाताले सेप्टेम्बर ३० तारिख बुधबार राजस्थान रोयल्ससंग खेल्नेछ।

लिग अन्तर्गत आइतबार बेलुका राजस्थान रोयल्स र किंग्स् ११ पञ्जाबका बीच प्रतिस्पर्धा हुनेछ ।

Share Now

Leave a comment.