काठमाडौं, ११ असोज । प्राणघातक कोरोना भाइरसबाट हालसम्म नेपालमा ७३ हजार ३ सय ९४ जना संक्रमित भएका छन भने यसको समेत कारणले जीवन गुमाउनेहरुको संख्या ४ सय ७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर १ हजार ५ सय ७३जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्।
नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार यस अवधिमा कोरोना भाइरसको संक्रमणको कारण १० जनाको ज्यान गएको छ।
मृतकमध्ये ९ पुरुष र १ महिला रहेको बताइएको छ।
आइतवारसम्म नेपालमा कोभिड १९ का कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४ सय ७७ पुगेको छ।
देशभर जम्मा सक्रिय सङ्क्रमित १९ हजार १९ जना रहेका छन्।

तीमध्ये संस्थागत आइसोलेशनमा ८ हजार ३ सय २१ जना छन् भने होम आइसोलेशनमा १० हजार ६ सय ९८ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत चौबीस घण्टामा ८ सय ८५ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन्।
हालसम्म कुल सञ्चो हुनेको सङ्ख्या ५३ हजार ८ सय ९८ छ भने कुल सङ्क्रमितको सङ्ख्या ७३ हजार ३ सय ९४ रहेको छ।
आइतवार वटा पीसीआर १० हजार १ सय २३ परीक्षण गरिएको थियो।
आइतवार सबभन्दा धेरै सङ्क्रमित ६ सय ३३ जना काठमाडौं जिल्लामा फेला परेका छन्। मोरङमा १ सयय ५२ जना, ललितपुरमा १ सय ४ जना र चितवनमा ८३ जना सङ्क्रमित फेला परेका छन्। त्यसैगरी सुर्खेतमा ७६ र भक्तपुरमा ७२ जना सङ्क्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।(बीबीसी)


















