शारजहाँ(संयुक्त अरब इमिरेट्स), १२ असोज(बीबीसी) । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियम लिग(आईपीएल) टी २० क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार संयुक्त अरब इमिरेट्स(युएई)को शारजहाँमा सम्पन्न खेलमा राजस्थान रोयल्सले सनसनीपूर्ण खेलमा किंग्स् ११ पञ्जाबलाई ४ विकेटले पराजित गरेको छ।
शारजाह मैदानमा पहिले ब्याटिंग गर्दै पञ्जाबले दिएको २ सय २४ रनको लक्ष्य राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाएर २ सय २६ सन बनाएर पूरा गरेको हो।
आईपीएल इतिहासमा कुनै पनि टिमले पछ्याएको यो सबैभन्दा ठूलो लक्ष्य हो। १२ वर्ष अघि राजस्थान रोयल्सलेनै डेक्कन चार्जर्सले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको थियो।
THIRTY!!!!!!#RRvKXIP | #HallaBol | #RoyalsFamily | @rahultewatia02 pic.twitter.com/wOB5lZerMt
— Rajasthan Royals (@rajasthanroyals) September 27, 2020
विशाल लक्ष्य हासिल गर्ने क्रममा राजस्थान रोयल्सका सञ्जु श्यामसनले ८५, राहुल टिबटियाले ५३, स्टिभ स्मिथले ५०, जोफ्रा आर्चर १३,रोबिन उथप्पा ९, जोश बटलर र टम कुरानले समान ४ । ४ रन बनाए ।
राजस्थानलाई रोक्ने क्रममा पञ्जाबको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३ तथा शेल्डन कटरेल , जेम्स निशम र मुरुगन आश्विनले समान १ विकेट लिए।
पञ्जाबको ब्याटिंग
यस अघि टस हारेर ब्याटिंग गरेको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो।
उत्कृष्ट सुरुवात गर्ने क्रममा पञ्जाबका ओपनर मायाँक अग्रवाल र केएल राहुलले पहिलो विकेटको लागि १ सय ८३ रनको साझेदारी गरेका थिए। १७ औं ओभरमा टम करनले क्याच आउट गर्नु अघि अग्रवालले ५० बलमा १ सय ६ रन बनाए जुन क्रममा १० चौका र ७ छक्का प्रहार गरेका थिए। आईपीएलमा अग्रवालको यो पहिलो शतक हो।

अग्रवालको विकेटपछि लगत्तै ओभरमा कप्तान राहुल ६९ रन बनाएर अंकित राजपुतको बलमा क्याच आउट भए। राहुलले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
अग्रवाल र राहुलको विकेटपछि निकोलस पुरन र ग्लेन म्याक्सवेलले तेश्रो विकेटको लागि १२ बलमा २९ रनको अविजित साझेदारी गरे। पुरनले ८ बलमा १ चौका र ३ छक्का मद्दतले २५ रन तथा म्याक्सवेलले ९ बलमा २ चौका मद्दतले १३ रन बनाए।
पञ्जाबलाई रोक्ने क्रममा राजस्थानको बलिंगमा टम करन र अंकित राजपुत ले समान १ । १ विकेट लिएका थिए । अन्य बलरहरु जोफ्रा आर्चर , जयदेव उनदकत , श्रेयस गोपाल र राहुल तेवतिया विकेटविहिन रहे।
Man of the Match. Man on a mission. 🙌#RRvKXIP | #IPL2020 | #HallaBol | @IamSanjuSamson | @TV9Bharatvarsh pic.twitter.com/fXcht3L50x
— Rajasthan Royals (@rajasthanroyals) September 27, 2020
खेलमा राजस्थानका सन्जु स्यामसन खेलको प्लेयर अफ द म्याच चुनिए।
आईपीएल २०२० मा राजस्थानको यो लगातार दोश्रो जित हो। यस अघि उसले चेन्नाईलाई १६ रनले पराजित गरेको थियो।
पञ्जाबले भने यो संस्करणको आईपीएलमा तेश्रो खेल खेल्दा दोश्रो हार बेहोरेको छ। पहिलो खेलमा दिल्लीसंग सुपर ओभरमा पराजित भएको पञ्जाबले दोश्रो खेलमा बैंगलोरलाई ९७ रनले पराजित गरेको थियो।
जितपछि राजस्थान दुवै खेलमा अपराजित हुँदै ४ अंकसहित अंकतालिकामा दिल्ली पछि दोश्रो स्थानमा रहेको छ। दिल्लीको पनि ४ अंक रहेको छ। पञ्जाब ३ खेलमा १ जित र २ हार पछि तेश्रो स्थानमा छ।
लिग अन्तर्गत पञ्जाबले आगामी खेल अक्टोबर १ बिहिबार मुम्बई इण्डियन्सबिरुद्ध खेल्ने छ। राजस्थानले आगामी खेल कोलकाताबिरुद्ध सेप्टेम्बर ३० बुधबार खेल्नेछ।
सोमबार रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्सबिच प्रतिस्पर्धा हुनेछ । दुवै टिमले २ । २ खेल खेल्दा १ जित र १ हार बेहोरेका छन्।


















