Prakash Adhikari October 2, 2020

 

बुटबल(रुपन्देही),१६ असोज । प्रदेश ५ को नाम र स्थायी राजधानीको टुंगो लागेको छ । यस प्रदेशलाई लुम्बिनी नामाकरण गर्ने र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश भएको छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् ।

दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्ताव छ ।

प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेपछि सो प्रस्ताव प्रदेश सभामा पेश भएको हो ।

यस अगाडि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शीर्ष नेतृत्वबीच प्रदेश नामाकरण र प्रदेश राजधानीका विषयमा सहमति भएको थियो । नेताहरुबीच सहमति भएलगतै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको थियो ।

Share Now

Leave a comment.