Prakash Adhikari October 5, 2020

 

काठमाडौं, १९ असोज । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ ।

बैंकले अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा यो छुट योजना ल्याएको हो । बैंकले डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिनेछ ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी(इएमआइ) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फस्ट कम फस्ट सर्भिस’को आधारमा छुट प्रदान गरिने छ । यो योजना यही १९ आश्विनदेखि कात्र्तिक २ गतेसम्म, दुई साताका लागि लागू हुनेछ ।

सानिमा बंैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् ।

सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

Share Now

Leave a comment.