Prakash Adhikari October 7, 2020

 

काठमाडौं, २१ असोज । नेपालमा बुधबार अपरान्हसम्म विगत २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिड.मा दिएको जानकारी अनुसार योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ९४ हजार २ सय ५३ पुगेको छ र कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ५ सय ७८ पुगेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारदेखि बुधबारसम्म नेपालका ७७ मध्ये ६५ जिल्लामा कोरोना संक्रमणका घट्ना बढेका छन् ।

कोरोना संक्रमित ५ सय भन्दाबढी हुने जिल्लाहरुमा काठमाडौ,भक्तपुर,ललितपुर, मोरड.,सुनसरी र रुपन्देही रहेका छन् भने सोलखुम्बु, मनाडं र मुस्ताड.मा अहिले कोरोना संक्रमण शून्य छ ।

कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । ती मध्ये १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १४ हजार ४ सय ११ जना होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि स्वास्थ्य संकट घोषणा गर्न सरकारसमक्ष सिफारिस गरिसकेको छ ।

क्वारेन्टाइनमा रहेकाहरुको संख्या ४ हजार १ सय ६४ रहेको छ भने उपचारपछि निको हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् ।

बिरामी मध्ये आइसीयूमा रहेकाहरुको संख्या २ सय ३३ छ भने भेन्टिलेटरमा रहनेको सख्या ३७ रहेको छ ।

Share Now

Leave a comment.