Prakash Adhikari October 15, 2020

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नोे मन्त्रिपरिषद्मा थप्नुभएका तीन जना नवनियुक्त मन्त्रीहरुको सपथग्रहण बिहिबार बिहान ११ः३० मा हुने भएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ शहरी विकास र पार्वत गुरुङ्लाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

बुधबार भएको जिम्मेवारी हेरफेरमा उहाँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाउर सो जिम्मेवारी आफैले राख्नुभएको छ । पोखरेललाई उपप्रधानमन्त्री पद कायम गरी विनाविभागीय बनाइएको छ । उहाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत राखिएको छ ।

त्यस्तै यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहनुभएका मन्त्री पार्वत गुरुड.को जिम्मेवारी हेरफेर गरी उहाँलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठले पाउनुभएको छ ।
संविधानले संघीय मन्त्रिपरिषद्को आकार अधिकतम २५ सदस्यीय रहने गरी संख्या किटान गरेको र मन्त्रीहरुको संख्या २५ पुगिसकेकोले अब ओली सरकार विस्तारको च्याप्टर क्लोज भएको छ ।

Share Now

Leave a comment.