काठमाडौं, ३ कार्तिक । आम नागरिकहरु कोरोना भाइरस संक्रमण जस्तो घातक रोगको परीक्षण र उपचारको सेवाबाट बञ्चित रहेको र मुलुक आर्थिक संकटबाट गुज्रनु परेको जनाउदै नेपाली कांग्रेसले आफ्ना सबै सांसदहरुलाई सरकारले कानूनबमोजिम उपलब्ध गराएको दशै भत्ता नदिन निर्देशन दिएको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दशैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न सोमबार नोपली कांग्रेसका सबै सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेसका केही सांसदहरूले यस्तो संकटका बेला भत्ता लिनु लज्जाजनक हुने भन्दै आइतबार नै फिर्ता गर्ने घोषणा गर्नुभएको थियो।
कारोना भाइरसको संक्रमण रोक्न देशमा लगाइएको लकडाउन,निषेधाज्ञा र अन्य सुरक्षा सावधानीका कारण देशको उद्योग,व्यापार,शैक्षिक,सामाजिक, धार्मिक, पूर्वाधार विकास लगायत सबै क्षेत्रमा नकारात्मक असर पर्न गई त्यसले रोजगारीमा असर पर्ने गई आम नागरिकको दैनिक जीवन यापन कठिन भएको बेला विधायकहरुले दशैँ भत्ता लिएकोमा चौतर्फी विरोध भएपछि त्यसलाई फिर्ताको औपचारिक निर्णय गर्न पार्टी सभापति शेरबहादुर देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई निर्देशन दिनुभएको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, सांसदहरु प्रकाशमान सिंह र गगन थापा लगायतले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरिसकेपछि कांग्रेस सांसद मिनेन्द्र रिजालले संसदीय दलबाट औपचारिक निर्णय गरेर सो रकम फिर्ता गर्ने र त्यस्तो रकम स्थानीय तहमार्फत खर्च गर्ने व्यवव्स्था
मिलाउन उपयुक्त हुने प्रस्ताव गर्नुभएको थियो ।
डा.मिनेन्द्र रिजालको प्रस्ताव, कांग्रेसका सबै सांसदले दशैंभत्ता फिर्ता गर्ने निर्णय गरौं – @MinendraRijal https://t.co/lf9C7orgO0
— Media Dabali (@mediadabali) October 19, 2020
प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्। दशैँ भत्ताबापत संसद सचिवालयले प्रति सांसद ६४ हजार ७० रुपैयाँ बैंक खातामा पठाइसकेको छ ।


















