Prakash Adhikari October 24, 2020

 

काठमाडौं, ८ कार्तिक । नेपालमा शनिवार अपरान्हसम्म विगत २४ घण्टामा २ हजार २ सय २५ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार सो अवधिमा कोभिड १९ कारण १३ जनाले ज्यान गुमाएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणकोे कारण मृत्यु हुनेको कुल सङ्ख्या ८ सय ४२ पुगेको छ।

शुक्रवार मन्त्रालयले थप ४ हजार ४ सय ९९ जना संक्रमित भएको र १७ जनाको मृत्यु भएको जनाएको थियो।

कोरोनाभाइरस
योसँगै नेपालमा कुल १ लाख ५५ हजार २ सय ३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

अरू तथ्याङ्क के छ ?

नेपालमा अहिले ४६ हजार ५७ जनामा सक्रिय सङ्क्रमण छ।

कोरोनाभाइरस
त्यस्तै १ लाख आठ हजार ३ सय ३४ मानिसहरू सङ्क्रमण मुक्त भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयको वेबसाइट अनुसार नेपालमा हालसम्म १३ लाख ८० हजार ८ सय ६२ पीसीआर परीक्षण गरिएको छ।

हाल देशभर गरी ४६ हजार ५७ जना आइसोलेशनमा छन् भने ३ हजार ३ सय२२ जना क्वारेन्टाइनमा रहेका छन्।

प्रादेशिक हिसाबले बाग्मती प्रदेशमा सबभन्दा ठूलो सङ्ख्यामा मानिसहरू सङ्क्रमित छन् भने प्रदेश नम्बर २ र ५ दोस्रो धेरै सङ्क्रमितका सङ्ख्या भएका प्रदेश बनेका छन्।

Share Now

Leave a comment.