नयाँदिल्ली(भारत), ११ कार्तिक (बीबीसी) । भारत र अमेरिकाबीच सुरक्षा सूचना आदान प्रदान तथा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।
भारत र चीनबीच सीमा समस्याका कारण ब्यापार तथा अन्य कुटनीतिक सम्बन्धमा तिक्तता आएको बेलामा अमेरिका र चीनबीचमा सैन्य सहयोगको सम्झौता भएको हो ।
दुई देशका रक्षा र विदेश मन्त्रीहरुको दुई जोड दुई बैठकमा बेसिक एक्सचेञ्ज अन कप्रिह्यान्सिभ एग्रिमेण्टमा हस्ताक्षर भएको हो ।

मिसाइल, ड्रोन और सटीक निशान लगाउने लक्ष्यभेदी उपकरणको परिचालनको लाग यी तथ्यांकहरु महत्वपूर्ण मानिन्छन् ।
यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्नको लागि भारत र अमेरिकाको सहकार्य भएको बताइएको छ ।
भारत भ्रमणमा रहनु भएका अमेरिकी िरक्षामन्त्री मार्क एस्पर तथा विदेश मन्त्री माइक पम्पियो र भारतीय रक्षा मन्त्री राजनाथ सिंह तथा विदेश मन्त्री एस जयशंकरबीच बैठकको क्रममा सो सैन्य समझौतामा हस्ताक्षर भएको हो ।
ओवामा प्रशासनकालमा सन १०१२ मा नै अमेरिकाले चीनको बढ्दो प्रभावलाई नियन्त्रण गर्नका लागि एशिया प्रशान्त क्षेत्रका प्रभावशाली मुलुकहरुलाई संगठित गर्ने प्रयास थालेको थियो ।तत्कालीन अमरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले यस क्षेत्रमा व्यापक सैन्य उपस्थिति बढाउने कुरा गर्नुभएको थियो ।
त्यसबेलादेखि नै अमेरिकाले भारतसहित एशियाका कैंयो देशलाई चीनकाविरुद्ध आफ्नो सैन्य गठबन्धनमा शामिल गर्ने कोशिश गरिरहेको छ।
अमरिकी विदेश मन्त्री भारत के अलावा श्रीलंका, मालद्धीप र और इण्डोनेशियाको पनि भ्रमण गर्नुहुने भएको छ ।
मालाबार नौसैनिक अभ्यास

चीन मामिलाका विशेषज्ञ तथा अक्सफोर्ड विश्वविद्यालयका प्रोफ़ेसर राणा मित्तरका अनुसार चीनकै कारण भारत अमेरिकातर्फ झुकाव राख्न विवश हुँदैछ ।
पूर्व राजनीतिज्ञ तथा मुम्बईस्थित थिंक टैंक ‘गेटवे हाउसका नीलम देवका अनुसार पछिल्ला २ दशकदेखि भारत र अमेरिकाको सम्बन्ध निकै सुधार हुँदै आएको छ र हरेक राष्ट्रपतिले भावि राष्ट्रपतिका लागि भारतसंगको सम्बन्ध सुमधुर र मजबूत बनाउदै गएका पनि छन् । मंगलबार भएको संझौता पनि यसै सिलसिलाको एक कडी हो । आउने महिनामा अरब सागर और हिंद महासागरमा भारतको नेतृत्वमा हुने मालाबार नौसैनिक अभ्यास लाई पनि यसैसंग जोडेर हेर्नुपर्ने हुन्छ ।
ठूलो संख्यामा सैनिकहरु सहभागी हुने यस संयुक्त सैन्य अभ्यासमा भारत, अमेरिका,अष्ट्रेलिया र जापान सहभागी हुनेछन् ।
क्वाड समूह यिनै चार देशमा आधारित बताइएको छ । १२ बर्ष पहिले चीनको दवावमा आएर अष्ट्रेलिया मालाबार नौसैनिक अभ्यासबाट अलग भएको थियो । यसपटक भारतले अष्ट्ेलियाको मनाएर चीनलाई खुला चुनौति दिएको बताइएको छ ।
मंगलबार सम्पन्न ‘बेसिक एक्सचेंज एंड कोअपरेशन एग्रीमेन्ट(BECA,बेका)’सम्झौतापछि भारत र अमेरिकाबीच सैन्यसम्बन्ध अरु मधुर हुने विश्वास गरिएको छ ।
यसले भारतलाई यस क्षेत्रका कुनै पनि देशमा हुने विभानको आवागमन र उडान मार्गको सही जानकारी हुनेछ ।अमेरिकाले भारतलाई आकाशमा विमान तथा जमिनमा सैन्य टैंकको मार्ग तथा गतिविधिसम्बन्धी सही जानकारी साझेदारी गर्नेछ । र यसै सूचनाको आधारमा भारतले जवाफी कारबाही गर्न सक्नेछ ।
मिसाइल तथा सशस्त्र ड्रोनको अचुक बनाउन पनि भारतलाई अमेरिकाले मद्दत गर्नेछ । पछिल्ला दशकमा भारत र अमेरिकाबीच रक्षा ब्यापार पनि बढेको छ । अमेरिका पछि सी १७ र पी ८ विमानको सबैभन्दा ठूलो बेडा भारतले नै राख्दै आएको छ । यस बर्ष नै अमेरिकाले भारतलाई २० अर्ब डलरभन्दा बढीको रक्षा उपकरण बिक्री गरेको छ ।

यस अगाडि नै भारत र अमेरिकाबीच २०१६ को अगष्टमा (लजिस्टिक एक्सचेञ्ज मेमोरेण्डम अफ एग्रिमेण्ट, LEMOA)मा हस्ताक्षर भएको थियो । संझौता ओवामा प्रशासनको अन्तिम महिना भएको थियो ।
सो समझौता अन्तर्गत दुवै देशका सेना एकर्काको सुविधा, हवाई अड्डा तथा बंदरगाहबाट हुने आपूर्ति, पार्टपूर्जा तथा अन्य सेवाहरुको लागि एकर्काको अड्डाको उपयोग गर्ने अनुमति दिइएको थियो ।यसका अलावा भारत र अमेरिकाबीच ‘कम्युनिकेशन्स कम्प्याटिबिलिटी एण्ड सेक्युरिटी एग्रिमेण्ट(COMCASA)’मा २०१८को सेप्टेम्बरमा २२ डायलगको सिलसिलामा हस्ताक्षर भएको थियो । यस संझौताले भारतीय और अमरिकी सैन्य कमाण्डर, तिनका विमान तथा अन्य उपकरणका एन्क्रिप्टेड और सुरक्षित संचार नेटवर्क पर सूचना आदानप्रदान सहज भएको बताइएको छ।


















