
काठमाडौँ, २८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे सचिवालय बैठक राखिएको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीले पार्टीका उच्च निकायहरुको निर्णयलाई लत्याउदै नेताहरुलाई तिरस्कार गर्दै सरकार सञ्चालन गर्न थालेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बहुमत सदस्यहरुले प्रधानमन्त्री केपीशर्मा ओलीसँग सचिवालय बैठक राख्न लिखित आग्रह गर्नुभएपछि उहाँले विधान अनुसार बैठक बोलाउन महासचिव विष्णु पौडेललाई निर्देशन दिनुभएको थियो ।
पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमतिमा सचिवालय बैठक बोलाउनुभएको हो ।
बैठकमा भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयनको सम्बन्धमा छलफल हुने बताइएको छ ।