
काठमाडौं,२९ कार्तिक । ब्रेभ, बोल्ड एण्ड ब्युटिफुल प्रा.लि. ले ल्याएको यस वर्षको मिस युनिभर्स नेपालका ५० उत्कृष्ट सुन्दरीहरुको नाम सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि ५ सय भन्दाबढी सुन्दरीहरुको आवेदन गरेको थिए ।
त्यसमध्ये पहिलो छनौटको संक्षिप्त सूचीमा परेका ९७ क्वालिफायरहरुले आवेदन प्रक्रियामा अपलोड गरेका व्यक्तिगत विवरण, फोटो र भिडियोको आधारमा उत्कृष्ट ५० को छनौट गरिएको हो ।
यसको घोषणा यही कार्तिक २८ गते यु ट्युब विशेष लाइभ कार्यक्रमबाट नग्मा श्रेष्ठ र शुभेच्छा खड्काले गर्नुभएको थियो ।
यस मिस युनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धनराशि हो ।
नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने आयोजकहरुको दावी छ ।
यस प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाई तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ ।
केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित नभई यो प्रतियोगिताले धैरे व्यक्तिहरुका लागि उल्लेखनीय अवसर प्रदान गर्नेछ । सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गरिनेछ ।