
काठमाडौं, ११ मंसिर । नेपालको दुईदिने भ्रमणमा बिहिबार काठमाडौं आइपुग्नुभएका भारतका विदेशसचिव हर्षबर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ।
‘भारतका विदेशसचिव श्रृंगलाले प्रधानमन्त्री ओलीसँग बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको हो ।
यसअघि भारतीय विदेश सचिव हर्षबर्धन श्रृगाल र नेपालका परराष्ट्र सचिव भरतराज पौडेलले नेतृत्व गर्नुभएको प्रतिनिधि मण्डल बीच राजधानीमा द्धिपक्षीय वार्ता सम्पन्न भएको थियो । सो वार्ता पछि विदेश सचिव श्रृगालले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गर्नुभएको थियो।
दुई दिने भ्रमणमा आउनुभएका श्रृगाल भोलि गोरखा र मनाङ जिल्लामा भारतीय सहयोगमा सञ्चालित बिभिन्न कार्यक्रममा सरिक हुनुहुने बताइएको छ।
द्धिपक्षीय सहकार्यमा फलदायी कुराकानी
नेपाल र भारतको द्धिपक्षीय वार्ता पछि श्रृंगलाले नेपाली पक्षसँग भएको कुराकानी निकै फलदायी भएको बताउनुभएको छ।
नेपाली समकक्षीसँग भेटेपछि विदेश सचिव @HarshShringla मिडियासँग कुराकानी गर्दै#IndiaNepalFriendship @MEAIndia @PMOIndia pic.twitter.com/J2RpC8sVr8
— IndiaInNepal (@IndiaInNepal) November 26, 2020
करिब एक वर्षको अन्तरालपछि नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको हो।
सो द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रसचिव पौडेलले र भारतीय टोलीको नेतृत्व श्रृंगलाले गर्नुभएको थियो ।
होटेल याक एन्ड यतिमा भएको द्विपक्षीय बैठकमा परराष्ट्र सचिव पौडेलको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्धय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत सहभागी थिए भने विदेशसचिव श्रृंगला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर विभाग)का सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी सहभागी हुनुहुन्थ्यो।