
काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन भैरहेको छ।
महासंघको एक वरिष्ठ उपाध्यक्षसहित तीन विषयगत उपाध्यक्ष र अन्य ५७ कार्यकारिणी सदस्यहरु गरी कुल ६४ पदका लागि निर्वाचन हुन लागेको हो।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष पदेन अर्को निर्वाचनमा सर्वसम्मतिले अध्यक्ष हुने व्यवस्था रहेकोले यो चुनावी प्रतिस्पर्धा अध्यक्ष बाहेक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र एशोसिएटस्,वस्तुगत, जिल्ला नगर सदस्यहरुको लागि भैरहेको छ ।
महासंघको भावि नेतृत्व लिन महत्वपूर्ण मानिएको वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा उत्रिनुभएको छ।
जिल्लारनगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी, वस्तुगत संघतर्फ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ र एशोसियटतर्फ उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघाई मैदानमा हुनुहुन्छ।
महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्धिराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ।
जिल्ला /नगर निर्वाचन क्षेत्रबाट १८
जिल्ला /नगर निर्वाचन क्षेत्रबाट महासंघको सदस्यमा १८ जना निर्वाचित हुने व्यवस्था छ । यी पदहरुमा अजरमान जोशी ललितपुर उद्योग वाणिज्य संघ,अमृत भट्टचन उद्योग वाणिज्य संघ, गैडाकोट;अरुणराज सुमार्गी मकवानपुर उद्योग वाणिज्य संघ;
अशोकलाल अमात्य लहान उद्योग वाणिज्य संघ ; अशोक ताम्राकार सुनसरी उद्योग वाणिज्य संघ;उमेश घिमिरे धनकुटा उद्योग वाणिज्य संघ; उमेश डालमीया झापा उद्योग वाणिज्य संघ; कमल कुमार श्रेष्ठ सिन्धुपाल्चोक, उद्योग वाणिज्य संघ; कमान बहादुर खड्का जाजरकोट उद्योग वाणिज्य संघ;किशोर कुमार आचार्य रोल्पा उद्योग वाणिज्य संघ; कुविर कुमार श्रेष्ठ म्याग्दी उद्योग वाणिज्य संघ; कृष्ण प्रसाद अवाल भक्तपुर उद्योग वाणिज्य संघ; गजेन्द्र कुमार भगत त्रियुगा उद्योग वाणिज्य संघ; गणेश कुमार श्रेष्ठ दैलेख उद्योग वाणिज्य संघ; गोपाल केडिया वीरगञ्ज उद्योग वाणिज्य संघ; चक्र बहादुर अधिकारी कोहलपुर उद्योग वाणिज्य संघ; जगत बहादुर खड्का सुर्खेत उद्योग वाणिज्य संघ; टेक बहादुर पुनः (टेनिम) रुकुम उद्योग वाणिज्य संघ; टंक प्रसाद दुलाल इटहरी उद्योग वाणिज्य संघ; डि.बी. बस्नेत रामेछाप उद्योग वाणिज्य संघ; तारानाथ घिमिरे ताप्लेजुङ्ग उद्योग वाणिज्य संघ
देवकुमार श्रेष्ठ तनहुं उद्योग वाणिज्य संघ; नन्दलाल वैश्य नेपालगञ्ज उद्योग वाणिज्य संघ; निरक के.सी. जुम्ला उद्योग वाणिज्य संघ; परशुराम चपाई टिकापुर उद्योग वाणिज्य संघ ; बिमल रिजाल तुलसीपुर उद्योग वाणिज्य संघ; बोधनाथ दुवाडी धादिङ्ग उद्योग वाणिज्य संघ; मनोज कुमार मुन्धडा सप्तरी उद्योग वाणिज्य संघ; महेन्द्र कुमार श्रेष्ठ सिद्धार्थ उद्योग वाणिज्य संघ; मोहन प्रसाद श्रेष्ठ पाल्पा उद्योग वाणिज्य संघ; मोहन साह जनकपुर उद्योग वाणिज्य संघ; राजन श्रेष्ठ नुवाकोट उद्योग वाणिज्य संघ; राजेन्द्र लयालु खोटाङ्ग उद्योग वाणिज्य संघ; यज्ञ प्रसाद भट्टराई कपिलवस्तु उद्योग वाणिज्य संघ; राजेशचन्द्र श्रेष्ठ उदयपुर उद्योग वाणिज्य संघ; रामेश्वर मानन्धर दोलखा उद्योग वाणिज्य संघ; शोभाकान्त पौडेल वालिङ्ग उद्योग वाणिज्य संघ ; सुरकृष्ण बैद्य काभ्रे उद्योग वाणिज्य संघले प्रतिस्पर्धा गर्नुभएको छ ।
प्रदेश निर्वाचन क्षेत्रबाट ७
प्रदेश निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने ७ पदमा प्रदेश १ बाट राजेन्द्र राउत मोरङ्ग व्यापार संघ निर्विरोध भैसक्नुभएको छ भने ६ पदमा प्रदेश नं. २ मा विजय कुमार शाह महोत्तरी उद्योग वाणिज्य संघ र विनोद प्रसाद शाह बारा उद्योग वाणिज्य संघबीच प्रतिस्पर्धा भएको छ ।वाग्मती प्रदेशमा राजकुमार न्यौपाने रामेछाप उद्योग वाणिज्य संघ, राजेन्द्र कुमार श्रेष्ठ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ
र सहन लाल प्रधान उद्योग वाणिज्य संघ, चितवनबीच त्रिपक्षीय भिडन्त हुँदैछ । गण्डकी प्रदेशमा निर्माण कुमार श्रेष्ठ बाग्लुङ्ग उद्योग वाणिज्य संघ र बाबुराम गिरी लेखनाथ उद्योग वाणिज्य संघबीच प्रतिस्पर्धा छ । त्यस्तै लुम्बिनी प्रदेशमा जमशेर मियां चन्द्रौटा उद्योग वाणिज्य संघ, रचना श्रेष्ठ नेपालगञ्ज उद्योग वाणिज्य संघ र हेमराज बञ्जाडे दाङ्ग उद्योग वाणिज्य संघबीच प्रतिस्पर्धा भैरहेको छ । कर्णाली प्रदेशमा प्रकाश अधिकारी सुर्खेत उद्योग वाणिज्य संघर लालिमान बुढा डोल्पा उद्योग वाणिज्य संघबीच प्रतिस्पर्धा रहेको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशबाट देव बहादुर रोकाया बाजुरा उद्योग वाणिज्य संघर पुष्पराज कुंवर कैलाली उद्योग वाणिज्य संघ बीचमा प्रतिस्पर्धा भैरहेको छ ।
संस्थापक उद्योग वाणिज्य संघबाट १
संस्थापक उद्योग वाणिज्य संघबाट उत्तमलाल चुके उद्योग वाणिज्य संघ, चितवनर दामु अधिकारी पोखरा उद्योग वाणिज्य संघले प्रतिस्पर्धा गरिरहनुभएको छ ।
वस्तुगत संघबाट १४
वस्तुगत संघबाट निर्वाचन हुने १४ पदमा अरनिको राजभण्डारी रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल,अशोक शर्मा नेपाल चलचित्र संघ
; आकाश अधिकारी नेपाल चलचित्र निर्माता संघ कमला श्रेष्ठ सौन्दर्य कला व्यवसायी संघ गोबिन्द ढुंगेल नेपाल कुरियर सेवा संघ; जय प्रसाद सिवाकोटी नेपाल भन्सार एजेण्ड महासंघ; दिपक प्रसाद दाहाल नेपाल औषधी उत्पादक संघ; नरेश लाल श्रेष्ठ नेपाल ऊनी फेल्ट उत्पादक संघ;प्रकाश सिंह कार्की नेपाल फ्रेटफर्वार्डर एशोसिएशन; भक्त बहादुर हमाल रसायन तथा मेडिकल आपूर्ति संघ ; मनिष लाल प्रधान नेपाल रत्न तथा आभुषण संघ; मीनमान श्रेष्ठ नेपाल जग्गा तथा आवास विकास संघ; रविन कुमार श्रेष्ठ फुटवेयर म्यानुपैmक्चर एशोसिएशन नेपाल; रविन पुरी नेपाल दाना उद्योग संघ; राम कृष्ण श्रेष्ठ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ;विप्लव मान सिंह कम्प्युटर एशोसिएशन, महासंघ, नेपाल; विष्णु प्रसाद गैरे नेपाल वैदेशिक रोजगार व्यवसायी संघ; शारदा रिजाल; महिला उद्यमी महासंघ नेपाल; शिव प्रसाद घिमिरे नेपाल एल.पी. ग्यांस उद्योग संघ; सन्दिप कुमार अग्रवाल नेपाल बनस्पति घ्यु तेल उत्पादक संघ; सुकुन्तलाल हिराचन नेपाल निर्माण व्यवसायी महासंघ; सुनिल गोपाल श्रेष्ठ नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ; सुबोध कुमार गुप्ता नेपाल चामल, तेल तथा दाल उद्योग संघ ; सुमित कुमार केडिया नेपाल डेरी एशोसिएशन; सुर्य बहादुर मगर नेपाल संगित उद्योग संघ; सुवास भण्डारी नेपाल बोटल वाटर इण्डष्ट्रीज एशोसिएसन; हरि बहादुर कार्की नेपाल निर्यात परिषद्; हेमराज ढकाल नेपाल चिया उत्पादक संघबीच प्रतिस्पर्धा चलिरहेको छ ।
एशोसिएट्सबाट १९
एशोसिएट्सबाट निर्वाचित हुने १९ पदमा अम्बिका प्रसाद पौडेल स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सल्टेन्ट प्रा.लि.; अविनाश बोहरा रोयल अटो वल्र्ड प्रा.लि.; अशोक कुमार टेमानी यस इन्टरनेशनल; आनन्द कुमार अग्रवाल बगडिया प्रोवायोटेक ईण्डष्ट्रिज प्रा.लि; उदीप श्रेष्ठ पञ्चकन्या स्टिल प्रा.लि.; कृष्ण प्रसाद दुलाल पूर्वाञ्चल ल्यूव आयल प्रा.लि.; कृष्ण लाल महर्जन क्लासिक डायमण्ड ज्वलर्स प्रा.लि.; गोपाल खनाल नेपाल मेगा कलेज एण्ड रिसर्च सेन्टर प्रा.लि.; ज्योत्सना श्रेष्ठ सयपत्री (मेरीगोल्ड) ज्वेलर्स; देश बन्धु बस्नेत (अजित);ए.वि. इन्भेष्टमेन्ट होल्डिङ्ग; प्रबल जंग पाण्डे लोमस फर्माक्यूटिकल्स प्रा.लि.; बाबुकाजी कार्की ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.; बासुदेव गौतम ओम निटिङ्ग ईण्डष्ट्रिज प्रा. लि.; बिनोद ढकाल बालाजी क्वायर इण्डट्रिज प्रा.लि.; भरत राज आचार्य फर्मा प्याक प्रा.लि.; मदन लाल जोशी फर्निचर ल्याण्ड स्टोर प्रा.लि.; मंगेश लाल श्रेष्ठ कास ट्रेडिङ्ग हाउस प्रा.लि.; रञ्जित राज आचार्य निलबाराही फिल्म प्रा.लि.; राजेश कुमार अग्रवाल अर्घाखांची सिमेन्टस प्रा.लि.; रामकृष्ण प्रसाई शिखर शु ईण्डष्ट्रिज प्रा.लि.; रामशरण थपलिया सफिसियन्ट कार्गो प्रा.लि.; रेखा घिमिरे कन्टीनेन्टल टे«डिङ्ग इन्टरप्राईजेज प्रा. लि.; विजयसिंह वैद्य नेपाल शालिमार सिमेन्ट प्रा.लि.; विराट थापा डि.एम.एस.बुट इण्डष्ट्रिज प्रा.लि.; शक्ति कुमार बेगानी श्री गणपति ज्वेलर्स; शाहिल अग्रवाल जगदम्बा स्टिल्स प्रा.लि.; शैलेन्द्र गुरागाई आंखु हाइड्रो पावर; सुनिल नारायण श्रेष्ठ नारायण इण्डष्ट्रिज प्रा. लि; सुशिल थापा लिबर्टी इनर्जी कम्पनी लि.; संजय गिरी एभरेष्ट लेदर इण्डष्ट्रिज प्रा.लि.; हेमन्त गोल्छा हुलास रेमिटेन्स प्रा.लि.उम्मेदवार हुनुहुन्छ ।
निर्वाचनमा १ हजार १ सय १६ जना मतदाताहरुले मतदानमा भाग लिँदै छन्।
मतदान बेलुका ४ बजेसम्म चल्ने छ भने मतगणना पनि आजै बेलुकी सुरु गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।
मतदानका लागि महासंघले तीन छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ। उद्योग वाणिज्य समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, एशोसिएट समूहका लागि कार्की ब्याङ्क्वेट बबरमहल र वस्तुगत संघ समूहका लागि महासंघको आफ्नै सचिवालय टेकु निर्वाचन केन्द्र तोकिएको छ।
कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरूलाई भने सबै समूहका लागि एउटै निर्वाचन केन्द्र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीबाटै मतदानको व्यवस्था मिलाइएको छ।
अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष स्वत महासंघको अध्यक्ष चयन हुने व्यवस्था छ।