Prakash Adhikari November 29, 2020

 

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग परिसंघको टोलीले आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेट गरी निजी क्षेत्रकामागहरुको सम्बन्धमा छलफल गरेको छ । भेटका अवसरमा अर्थमन्त्री पौडेलले सरकारले निजीक्षेत्रको मनोबल र आत्मबलउच्च राखीनिजी क्षेत्रलाई प्रोत्साहनगर्दै अगाडी बढ्ने बताउनु भयो ।

छलफलको क्रममा अर्थमन्त्री पौडेलले निजीक्षेत्रको मागलाई सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको बताउँदै निजी क्षेत्रसँगको संवाद र छलफललाई निरन्तरता दिने बताउनु भयो । उहाँले निजी क्षेत्रलाई समावेश गराई त्यसका आधारमा सही र सार्थक निर्णय लिने धारणा व्यक्त गर्नु भयो ।

मन्त्री पौडेलले निजी क्षेत्रलाई सबल बनाउन आवश्यक परेमा नियम निर्देशिका र कानून पनि संशोधन गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले हेजिङ्ग नियमावली मन्त्रिपरिषद्मा संैद्धान्तिक छलफलको लागि पुगेको बताउदै निजी क्षेत्रसँग छलफल गरेरमात्र त्यसलाई पारित गर्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले मूलुकमा राजनैतिक स्थायित्व निरन्तर रहनेमा विश्वस्त रहन निजी क्षेत्रलाई आग्रह गर्नु भयो ।

मन्त्री पौडेलले निजी क्षेत्रको पिडा सरकारको पिडा भएकोले निरन्तर छलफलको माध्यमबाट समस्या समाधान गर्न सरकार तयार रहेको समेत बताउनु भयो ।

छलफलमा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले शेयर बजारमा आएको उत्साहजनक अवस्थाले सबैमा खुशी छाएकोले अर्थमन्त्रीको कार्यकाल कोशेढुँगा सावित हुने बताउनु भयो । उहाँले बजेटमा उल्लेख भएका व्यवस्थाहरुलाई तुरुन्त कार्यान्वगन गर्नुपर्ने, ठूला उद्योगहरुको लागि पुनर्कर्जामा भएको २० करोडको व्यवस्था अपूग भएकोले पूँजीको आधारमा २० प्रतिशतसम्म पुनरकर्जा पाउनु पर्ने धारणा राख्नु भएको थियो । उहाँले मेक इन नेपालको परिकल्पना अगाडी सार्दै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नु पर्ने र त्यसमा गौरव गर्ने गरी निजीक्षेत्र अगाडी बढ्न इच्छुक भएकोले सरकारले आवश्यक वातावरण तयार गर्नुपर्ने बताउनु भयो ।

त्यसैगरी ग्लोवल टेण्डरको सीमा अहिलेको १०० करोडभन्दा माथिबाट बढाएर ३०० करोडभन्दा माथि बनाउनु पर्ने, रुग्ण उद्योगको सम्बन्धमा अध्ययन गरी के कारणले उद्योगहरु रुग्ण भएका छन त्यसको कारण पत्तालगाई रुग्ण उद्योग भएमा उद्योगीले सहजरुपमा बहिरगमन हुने वातावरणको सृजना गर्नुपर्ने माग राख्नु भयो । उहाँले उद्योगहरु धराशायी भएमा इन्सोल्भेन्सी पोलिसी र एन्टिसिपेटरी विधेयकको व्यवस्था गरी समस्या सामाधान गर्नुपर्ने माग राख्नु भयो ।

भेटमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले विभिन्न ऐनहरुले व्यवसायीहरुलाई हतोत्साही बनाउँदै आएकोले कालोबजारी ऐनलाई समय सान्दिर्भिक बनाउनमाग गर्नु भयो । बिना कसुर व्यवसायीहरुको मानमर्दन हुने कार्य दोहोरी रहेकोले व्यवसायीहरुलाई उद्यमशीलता विकास गर्न, रोजगारी सृजना गर्नको लागि प्रोत्साहन गर्नु पर्ने र धेरै रोजगारी सृजना गर्ने उद्योगलाई विशेष व्यवस्था गर्नु पर्ने धारणा राख्नु भयो ।

छलफलमा बोल्दै परिसंघका उपाध्यक्ष अनुज अग्रवालले कुनै पनि ऋणको पुनरसंरचना गर्नको लागि ऋणी र बैकबीच भएको सहमति अनुसार अगाडी बढ्न सकिने व्यवस्था गर्नुपर्ने बताउँदै हेजिङको कारण वैदेशिक लगानी रोकिन सक्ने बताउनु भयो । उहाँले हालसम्म धितोपत्र बोर्डमा नेपालउद्योग परिसंघको प्रतिनिधित्व नभएकोले परिसंघको प्रतिनिधित्व गराउन माग राख्नुभयो ।

भेटघाटमा परिसंघका उपाध्यक्षहरु क्रमशःनिर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी र विरेन्द्रराज पाण्डेको पनि उपस्थिति थियो ।

Share Now

Leave a comment.