Prakash Adhikari November 30, 2020

 

काठमाडौं, १५ मंसिर । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ।

कोरोना भाइरसको संक्रमणको कारण होम आइसोलेसनमा बसिरहेका सन्दीपलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।

अहिले उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। सन्दीपलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनका शुभेच्छुकहरुले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अष्ट्रेलियाको बिग ब्यास लिग खेल्न सक्षम हुने विश्वास ब्यक्त गरेका छन् ।

Share Now

Leave a comment.