
लण्डन(संयुक्त अधिराज्य), १७ मंसिर(बीबीसी) । बेलायतले फाइजर र बायो एन टेकले संयुक्त रुपमा निर्माण गरेको कोरोनाविरोधी खोपको प्रयोग गर्न अनुमति दिएको छ।
अमेरिकी र जर्मनी कम्पनीको संयुक्त प्रयामा निर्माण गरिएको यो खोप ९५ प्रतिशत प्रभावकारी सावित भएको दाबी गरिएको थियो ।
बेलायतको मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले फाइजर र बायो एन टेकको खोप सुरक्षित भएको बताएको छ।
UK regulators have approved the Pfizer/BioNTech coronavirus vaccine for widespread use
But, what is the MHRA (Medicines & Healthcare products Regulatory Agency) and how did they decide the vaccine was safe?https://t.co/2HNg6QNovA
— BBC News (UK) (@BBCNews) December 2, 2020
यससँगै अमेरिकी कम्पनी फाइजर र बायो एन टेकको कोरोना खोपलाई पहिलोपटक अनुमति दिने देश बेलायत बनेको छ।
बेलायतले फाइजरको चार करोड डोज खोप मगाइसकेको छ। २ करोड मानिसलाई यी खोपहरु दुई–दुई डोज दिइने बताइएको छ।
आगामी हप्तादेखि नै यो खोप यहाँ प्रयोगमा आउनेछ। साथै चाँडै यस खोप सामूहिक रुपमा लगाउन सुरु गरिने बेलायती अधिकारीहरुले जानकारी दिएका छन्।
The Pfizer/BioNTech vaccine has to be kept at -70C
So, how will medical staff keep it cold enough?https://t.co/zmOrK2BYQA
— BBC News (UK) (@BBCNews) December 2, 2020