Prakash Adhikari December 6, 2020

 

काठमाडौं२१ मंसिर, । कोरोना भाइरसका कारण विगत ८ महिनाभन्दा लामो समयदेखि बन्द रहेको लुम्बिनीस्थित मायादेवी मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला भएको छ ।

केही दिन अघि लुम्बिनीको परिसरमा सर्वसाधारणका लागि खुला गरिएको थियो भने आजदेखि मायादेवी मन्दिर पनि खुला गरिएको हो ।

Pashupatinath Temple - Wikipedia

‘चैत महिनादेखि कोरोना भाइरसका कारणले जनजीवन प्रभावित भएको थियो, धार्मिक र सास्कृतिक केन्द्र पनि बन्द भएको थियो । तर अब भने स्वास्थ्य सुरक्षा पालना गरी खुला गरिएको हो,’ पर्यटनमन्त्री योगेश भट्टराईले भन्नुभयो ।

मन्त्री भट्टराईका अनुसार एकपटकमा ८÷१० जना मात्रै प्रवेश गर्न पाइनेछ ।

सरकारले कोरोना भाइरसको महामारी शुरु भएसँगै धार्मिक र सास्कृतिक केन्द्रहरु बन्द गरेको थियो ।

सरकारले काठमाडौंमा रहेको पशुपति नाथ मन्दिर पनि पुस १ गतेदेखि खुला गर्ने निर्णय गरिसकेको छ ।

 

Share Now

Leave a comment.