Prakash Adhikari December 9, 2020

 

वाशिंटन डी.सी.(सयुक्त राज्य अमेरिकी), २४ मंसिर(बीबीसी) । अमेरिकी राष्ट्रपति(निर्वाचित) जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताउनुभएको छ ।

उहाँले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड १९ को बाटो भने मोड्ने बताउनुभएको छ।

उहाँले आफ्ना रणनीतिबारे थप बताउनुभएको छैन्।

२० ज्यानुअरीमा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई १०० दिनसम्म मास्क लगाउनु आग्रह गरे।

मङ्गलवार नै अमेरिकी नियामकले फाइजर बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ।

त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ।

खोप रोकिदैन
खाद्य तथा औषधि निकाय एफडिएले सुरक्षाका कारण फाइजररबायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको हो।

यूकेमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन सुरु गरिसकिएको यो खोपबारे अमेरिकाले पहिलोपटक यो तहमा बोलेको हो।

औपचारिक निर्णयका लागि एफडिएले बिहीवार एउटा बैठक गर्दैछ।

खोप
फाइजररबायोएनटेकको खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिनुपर्छ

एफडिएको एउटा प्रकाशनमा सो खोपका परीक्षणका विवरण भरपर्दो रहेको उल्लेख गरिएको छ।

अमेरिका र यूके दुवै देशलाई उत्पादकहरूले खोपको सुरक्षा र प्रभावकारिताबारेको विशिष्ठ तहका जानकारी उपलब्ध गराइएका थिए।

गतसाता अमेरिकाका शीर्ष सङ्क्रामक रोगविज्ञ डा एन्थोनी फाउचीले यूकेको खोप स्वीकृति दिने प्रक्रियाको आलोचना गरेको देखिएको आफ्नो भनाइका लागि माफी मागेका थिए।

पछि उनले बीबीसीसँग अमेरिकी प्रक्रियाले ुयूकेको भन्दा बढ्ता समय लिने सत्यता रहेकोु भन्दै आफूले त्यो जसरी स्वीकृत भएर आयो त्यसलाई आफूले खराब नठानेको बताएका थिए।

एफडिएले प्रकाशित गरेको विस्तृत सामग्रीमा उसले उत्पादक कम्पनी फाइजरले भने जत्तिकै ९५ प्रतिशत प्रभावकारी रहेको जनाएको हो।

सुरक्षाको स्तर
तर पूर्ण सुरक्षाका लागि दुईवटै डोज आवश्यक पर्ने एफडिएले जनाएको छ।

पहिलो डोजले निकै गम्भीर घटनामा ८९ प्रतिशत सुरक्षा दिने उसले जनाएको छ।

र खोपले कोभिड सङ्क्रमित भइसकेकालाई जत्तिकै यस खोपले सुरक्षा दिने बताइएको छ।

फाइजर
उसले यो खोप लिनेले धेरै व्यहोर्ने समस्या भनेको दुःखाई, खोप लगाइने भाग पाखुरामा रातो डाम र सुन्निने समस्याहरू देखिन सक्ने जनाएको छ।

त्यसपछि छोटो समयका लागि थकान, टाउको दुख्ने र मासु दुख्ने समस्या समेत देखिन सक्छ।

तर यी सामान्य प्रभाव बाहेक अध्ययन गरिएको बेला खोप लगाइएका र नियन्त्रित समूहका व्यक्तिहरूबिचमा स्वास्थ्य अवस्थामा कुनै उल्लेख्य फरक देखिएको थिएन।

गर्भवती महिला र १६ वर्ष मुनिका बालबालिकाहरूमा यसको जाँच नगरिएकाले त्यो उमेर समूहमा त्यसले अझै स्वीकृति पाउने काम बाँकी छ।

ट्रम्पको कार्यकारी आदेश

राष्ट्रपति ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ।

ट्रम्प
अन्य देशमा खोप पठाउने सम्झौता गरिसकेका उत्पादकहरूका हकमा उक्त आदेशले कसरी काम गर्छ भन्ने अझै स्पष्ट छैन।

उहाँले केही दिनमा नियामक खाद्य तथा औषधि निकायले खोपको प्रयोगका लागि स्वीकृति दिनेमा आफू आशावादी भएको बताउनुभयो।

उहाँले धेरैलाई एकसाथ खोप लगाउनका लागि अधिकारीहरू तम्तयार भएर बसेको बताउनुभयो।

 

Share Now

Leave a comment.