Prakash Adhikari December 10, 2020

 

काठमाडौं, २५ मंसिर। आगामी पुस २ गतेदेखि नेपाल भारत हवाई उडान संचालन हुने भएको छ। कोभिड १९का कारण बन्द रहेको हवाई उडान एयर बबल ट्राभल सम्झौंताका आधारमा खोल्न दुबै देश सहमत भएका हुन्।

नेपालले डेढ साता अघि पठाएको सम्झौंताको भारतले विहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको हो।सहमति अनुसार नेपालको तर्फबाट नेपाल वायुसेवा निगम र भारतका तर्फबाट एयर इन्डियामार्फत काठमाडौ नयाँदिल्ली दैनिक एकरएक उडान हुनेछ।
पर्यटनमन्त्री योगेश भट्टराईले दुई देशबीच उडान थाल्न सहमति भइसकेको जानकारी दिनुभएको छ।

नेपाल वायुसेवा निगमले उडानका लागि सबै तयारी पूरा गरिसकेको छ। निगमले एयरबस ३२०मार्फत उडान सुरु गर्नेछ यात्रुको चाप बढ्दै गएमा वाइडबडीमार्फत उडान हुनेछ ।

भारतले भदौं ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौंताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो। भारतले नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्ने नेपाली र भारतीय नागरिकलाई सेवा दिने उद्देश्यले यो सम्झौता नेपाली दूतावासमा पठाएको थियो।

सम्झौंता अनुसार भारत यात्राका लागि भारतीय नागरिक र उडान गर्न योग्य यात्रुले मात्र सहभागिता जनाउन पाउनेछन्। भारतको गृह मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार यात्रुले यात्रा गर्न पाउनेछन्।

उडान संचालन गर्दा भारतीय नागरिक उड्डयन मन्त्रालयले तयार पारेको स्ट्याण्डर्ड अपरेशन प्रोसिड्योर (एसओपी) र भारतीय गृह मन्त्रालय र जनस्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य सुरक्षा निर्देशिका पालना गर्नुपर्ने सर्त छ। अहिले भारतले २१ वटा मुलुकसँग ुएयर बबलु अन्तर्गत दुईपक्षीय उडान सम्झौता गरिसकेको छ।

 

 

Share Now

Leave a comment.