Prakash Adhikari December 17, 2020

 

काठमाडौं, २ पौष । सरकारी स्वामित्वमा रहेको नेपाल बैंक र निजी क्षेत्रको मेगा बैंकका सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७६ । ७७ को नाफाबाट सेयरधनीहरुलाई दिने लाभांश प्रस्ताव पारित गरेको छ ।

नेपाल बैंकले आर्थिक वर्ष २०७६ । ७७ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद(कर प्रयोजन) गरी कूल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७५ । ७६ को नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश दिएको थियो ।

हाल बैंकको चुक्तापूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ रहेको छ । सञ्चालक समितिले प्रस्तााव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

मेगाले दियो १३ प्रतिशत लाभांश

मेगा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

बैंकको पुस २ गते विहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र करसहित ३.०५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

 

Share Now

Leave a comment.