Prakash Adhikari December 21, 2020

काठमाडौं, ६ पौष । नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टीका नेता सहभागी छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि तीब्र विरोध भइरहेको छ ।

संविधानमा व्यवस्था नभएको अधिकारको उपयोग गरी प्रधानमन्त्री ओलीले गर्नुभएको सिफारिसलाई यथावत छोड्दा उहाँले राज्य यन्त्र कसरी सञ्चालन गर्नुहुन्छ र निर्धारित मितिमा निर्वाचन हुन सकेन भने के हुन्छ भन्ने जटिल प्रश्न राजनीतिक दलसामु तेर्सिएको छ ।

यो जोखिमबाट राष्ट्रलाई जोगाउन सबैभन्दा उत्तम उपाय सर्वोच्च अदालतबाट संसद विघटनको अवैधानिक सिफारिस र त्यसको आधारमा राष्ट्रपतिबाट भएको विघटनको घोषणा गैरसंवैधानिक ठहर गर्नु नै हुने देखिन्छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित न्यायमूर्तिहरु शक्तिहीन भैसकेको सरकारका प्रधानमन्त्रीसंग तर्सिनु भयो या कुनै लोभलालचमा पर्नुभयो भने चाही प्रधानमन्त्रीको असंवैधानिक कदमले निरन्तरता पाउछ र चुनाव हुन नसकेमा यो संविधान, संघीयता सहितको गणतन्त्रको आयु छोटिन्छ । राजावादीहरुको प्रदर्शनले त्यही संकेत गर्दछ ।

 

Share Now

Leave a comment.