Prakash Adhikari December 22, 2020

काठमाडौं, ७ पौष  । नेपालको पर्यटकीय बजारको रुपमा विकसित ठमेलमा खोलिएको अत्याधुनिक शैलीको व्यापारिक केन्द्र छाँया सेन्टर र त्यसमा रहेको विश्वस्तरीय पाँच तारे होटल एलफ्टले चर्चेका जग्गाको विवाद टुंगिएको छ ।

सेन्टरले सो जग्गा खरिद गर्नु पहिले सो जग्गाको स्वामित्व रहेको विक्रमशील महाबिहार सिंह सार्थबाहु गरुड भगवान गुठी र त्यसका मोही अम्बिका राणाबीचमा अहिले कुनै विवाद नरहेको किटानीसहितको पत्र गुठीले सेन्टरलाई पठाएपछि यसको विवाद टुंगिएको हो ।

गुठीले जग्गामा कुनै पनि विवाद नरहेको भन्दै गत असोज २७ गते छायाँदेवी कम्प्लेक्सका नाममा पत्र पठाएको छ । छाँया सेन्टरले गत साउन १२ गते गुठी र मोहीबीच हाल देखा परेको विवादका समपूर्ण विवरण र कागजातहरु पठाउन माग गरेको पत्रको जवाफ दिंदै गुठीले सो पत्र पठाएको हो । सिंहसार्थ बाहु गुठीले असोज २७ गते पत्र काटेको थियो ।

Chhaya Center – Nepal's Biggest Shopping Mall in Kathmandu - NepalBuzz

गुठीले बतायो सत्य र तथ्य

छायाँदेवी कम्प्लेक्सले चर्चेको १५ रोपनी जग्गा मध्ये १२ रोपनी जग्गा विक्रमशील महाविहार सिंहसार्थ बाहु गुठीको नाममा रहेको पोखरीको परेको दावी छ । गुठीले छाँयादेवी कम्प्लेक्स प्रा.लि.लाई पठाएको पत्रको भाषा हेर्दा २०२५ जेठ १७ मा पेश गरिएको लगतअनुसार सो ठाँउमा रहेको कमल पोखरी र डिलको कित्ता नम्बर १६७ को क्षेत्रफल १२–१३–२ गरी जम्मा २६–८–० क्षेत्रफलको जग्गा १९६७ माघ २९ गतेदेखि केशर शमशेर जबराले हकभोगमा लिएको देखिन्छ ।

उनको मृत्युपछि गुठीयारहरुले उनका छोरा केयुरसम्शेर जबराको हकभोगबाट छुटाएर गुठीको हक कायम गरी पाऊँ भन्दै मध्यमाञ्चल क्षेत्रीय अदालतमा २०३१ बैशाख १२ मा मुद्दा दिएका थिए । सो मुद्दाका सम्बन्धमा २०३१ माघ २२ गते मध्यामाञ्चल क्षेत्रीय अदालतले गुुठीयारहरुको दावी नपुग्ने फैसला गर्यो । गुठीयारहरु सो फैसला उपर पुनरावलोकनको माग राखी सर्वोच्च अदालतमा निवेदन गरेकोमा सम्मानित सर्वोच्च अदालतको रोहमा गुठीयार र केयुरसमशेरको परिवारबीच सो पोखरी र डिल समेत सिंहसार्थ बाहु गुठीको नाममा दर्ता कायम राख्ने गरी २०३३ पुस ३ गते मिलापत्र भएको थियो।

यसैबीच २०३३ सालमा भएको सर्वे नापीको फिल्ड बूकमा सो कमल पोखरी र डिल समेतको जग्गामा फिल्डमार्सल केशरसमशेर मोहीमा र जग्गाधनीमा विक्रमशील महाविहार सिंह सार्थबाहु गुठी कायम गरिएको थियो ।

गुठीले छाँयादेवी कम्प्लेकसलाई पठाएको पत्र अनुसार गुठी संस्थान ऐन २०३३ को आधारमा गुठी लगत तथा तहसिल कार्यालय भद्रकालीले २०३९ जेठ २१ गते निवेदक मोहीको मोही हक कायम गराई पाउने माग  अनुसार दिएको निवेदन अनुसार मोहीको नाममा नामसारी गरी केयुरसमशेरको हक कायम भएको र उनको मृत्युपछि २०४४ माघ २४ गतेको कार्यालयको निर्णयबाट अम्बिका राणाको नाममा मोही नामसारी भएको थियो ।

तर यसैबीच गुठी र मोहीसंग कतैपनि नजोडिएका शंकरप्रसाद साहले केयुरसमशेरको नाममा रहेको र गुठी तहसिल कार्यालयले अम्बिका राणाको नाममा मोही नामसारी भएको जग्गाको दावी गर्दै गुठी तहसिल कार्यालयमा निवेदन दिएपछि गुठी संस्थानले २०४७ साल चैत्र २२ गतेका दिन सो जग्गा अम्बिका राणा र शंकरप्रसाद साहको नाममा कायम हुने निर्णय गरेपछि गुठी रैतानी गरी जग्गाधनी पूर्जा लिएको देखिन्छ ।

Chhaya center inaugurated as the "Thamel inside Thamel"; Center expected to be the hub for Kathmandu - || ShareSansar ||
२०४७ माघ १८ गते गुठी रैतानी भइसकेको निर्णयलाई बदर गर्दै सोही साल चैत १४ गते पुन: अर्को निर्णय गरिएपछि न्यायको लागि पुनरावेदन अदालत पाटनमा निवेदन दिएकी अम्बिका राणाको मुद्दामा २०५३ जेठ २५ मा अदालतले गुठी संस्थानको पहिलो निर्णय कायम राखेको र पछिल्लो निर्णय बदर हुने फैसला गरेको थियो।अदालतको सो फैसला बदर गराउन गुठीयारहरुले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा २०६२ असार १६ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीशको रोहबरमा अम्बिका राणा तथा गुठीका गुठीयार थकालीहरूबीच मिलापत्र भएको बताउँदै त्यसपछि अहिलेसम्म कुनै पनि विवाद नरहेको गुठीले जनाएको छ ।

गुठीको यो पत्रले सो जग्गाको मोही अम्बिका राणा रहेको र उनीबाट जग्गा खरिद गरी ब्यापारिक भवन बनाएको विषयमा अरुले चित्त दुःखाउने र झैझमेला सिर्जना गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।

ठमेल साविक २९ नम्बर वडा (हाल २६ नम्बर)का पूर्व वडाध्यक्ष विश्वम्भरलाल प्रधानले स्थानीय र छायासेन्टरबीच कुनै किसिमको विवाद नरहेको बताएका छन्।उनले भने ‘केही व्यक्तिले आफ्नो स्वार्थपूर्तिका लागि विवाद निकालेका हुन्, नत्र स्थानीय समुदाय र छायाँ सेन्टरबीच विवाद छैन । शंकरप्रसाद साह र अम्बिका राणाको विवादमा गुठीलाई पार्न खोजेको देखियो ।

दुुहुनो गाइ बनाउने समूह

गुठीले जग्गामा विवाद नरहेको बताइसकेपनि केही व्यक्ति तथा समूहको व्यक्तिगत स्वार्थमा छायाँ कम्प्लेक्सलाई अनावश्यक विवादमा तानिएको कम्प्लेक्स सञ्चालकहरूले बताएका छन् ।

Show Time Nepal, Events, Movie Theaters, Halls, Schedule, Reviews: QFX CHHAYA CENTER, THAMEL

करीब ३० जना व्यवसायीको ६ अर्बभन्दा बढी लगानी रहेको कम्प्लेक्स ‘मिनी ठमेल’को रूपमा विकसित गर्ने गरी तयार भएको छ । अहिले पनि कम्प्लेक्समा विभिन्न किसिमका व्यवसाय, होटल, ब्यूटी पार्लर, चलचित्र हल, सपिङ मललगायत धेरै व्यवसायहरू सञ्चालन हुँदै आएका छन् ।

छायाँदेवी कम्प्लेक्सका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पनि सत्य तथ्यमा प्रवेश नगरी आर्थिक लाभका लागि केही व्यक्ति र सञ्चारमाध्यमले गलत सन्देश प्रवाहित गरिरहेको बताउनुभयो । । उहाँले विवादै नभएको विषयमा विवाद ल्याएर रकम असुल्ने प्रवृत्ति विकास भएकोमा चिन्ता व्यक्त गरे ।उहाँले भन्नुभयो , ‘गुठीसँग हाम्रो विवाद नै छैन । गुठीको एकजना मान्छे गएर नेवारको गुठी पाण्डेले लियो भन्ने अनि समुदायमा गलत प्रचार गर्ने दुस्साहस गरेको अवस्था छ ।’

सिंहसार्थ बाहु गुठीले छायाँ सेन्टर स्थापना भएको जग्गामा कुनै पनि विवाद नरहेको बताइसक्दा पनि केही व्यक्तिहरूले अनावश्यक विवाद निकालेर दुस्ख दिने काम गरेको गुनासो छायाँ सेन्टरका सञ्चालकहरूले गरेका छन् ।

यस्तै छायाँ सेन्टरका निर्देशक एवं पर्यटन व्यवसायी सुमन पाण्डेले नेवारी सम्पदाको संरक्षणमा छाँयादेवी कम्प्लेक्स र ठमेलमा व्यवसाय गर्ने सबै व्यवसायी लागिरहेको उल्लेख गर्दै ठमेलको पिछडिएको ठाँउलाई ब्यापारिक केन्द्र बनाएर त्यसक्षेत्रको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने प्रयासमा केही असामाजिक तत्वहरुले ब्यवधान ल्याउन खोजेको बताउनुभयो।
Image may contain: 1 person
उहाँले केही समूहले इमोसनल ब्ल्याकमेल गर्ने, लगानी दुरुत्साहन गर्ने तथा अनावश्यक लाञ्छना लगाउने काम गरेको भन्दै झूटको खेती गर्नेहरूको विस्तारै पर्दाफास हुँदै गएको बताउनुभयो  ।गत मंसिर २९ गते छाँया सेन्टरमा नेपाल भाषामा निर्माण हुन लागेको सामाजिक कथामा आधारित चलचित्र ‘लुँ यागु तक्मा’ (सुनको तक्मा) को शुभमुहुर्त कार्यक्रममा नेवारी भाषा,संस्कृति,भेषभूषाको संरक्षणमा लागि परिरहेका अगुवाहरुले यो कम्प्लेक्सको स्थापना र सञ्चालनले यस क्षेत्रका स्थानीयलाई रोजगारी र आर्थिक उपार्जनमा सहयोग गरेको बताउदै यो केन्द्र ठमेलको शान बनेर स्थानीय इज्जत र प्रतिष्ठा बढाएको बताएका थिए ।

उहाँले छायाँ सेन्टर नेपालको ‘बेस्ट र बीग’ प्रोजेक्टको रूपमा विकास गर्ने काम भइरहेको समेत बताउनुभयो ।

छायाँ सेन्टरका म्यानेजिङ डाइरेक्टर महेश्वर श्रेष्ठ विवाद नै नभएको विषयमा विना कारण विवाद निकालिएको बताउदै भन्नुभयो ‘कुनै बेला यहाँ पोखरी थियो, पछि समयक्रमसँगै यसलाई खरिदबिक्री गरियो र हामीले अहिले छायाँ सेन्टर बनाएका छौं । यसमा विवादको कुरा नै छैन ।’

अदालतको मानहानी

ठमेलस्थित अत्याधुनिक व्यवसायीक भवन छायाँ सेन्टर विरुद्ध बिष बमन गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भागबतनरसिह प्रधान स्थानीय समुदायको लगानीमैत्री व्यवहारको कारण तिल्मिलाउन पुगेको देखिएको छ ।

सम्मानित सर्वाेच्च अदालतको दैनिक सुचीअनुसार पौष ५ गतेका दिन मुद्दाको छलफल रहेको थियो तर प्रधान समर्थित केही व्यक्तिहरुले यस अघि जस्तै माईतीघर मण्डलामा व्यानर प्रदर्शन गरी अदालतमा दवाव सृजना गर्ने दुस्प्रयास गरेका थिए ।

नेवार समुदायसहित नेपालका प्रतिष्ठित ब्यापारिक घराना र अन्य नवोदित व्यवसायीहरुको अर्बौका लगानी रहेको छायाँ सेन्टरलाई कुनैपनि हालतमा चल्न नदिने र सम्मानीत अदालतले नगरेमा आफै भत्काई दिने जस्तो गुण्डगर्दीको भाषा बोल्दै धम्कि दिने भागवत नरसिहंप्रधानको व्यवहारबाट स्थानीयहरु दिक्क हुन थालेपछि प्रधान एक्लिदै गएको देखिएको छ।

अदालतको सामु मानवसागर उतार्ने धम्कीको बाबजूद आइतबार प्रधानको आह्वाना गरिएको बिरोध प्रदर्शनमा करिव १८ जना उपस्थिति देखियो ।

उक्त बिरोध प्रर्दशनको नेतृत्व गर्ने प्रेमराज सिल्पकारको उद्घोषणमा केही महिना अघि भागवत नरसिहं प्रधानले रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा सम्मानीत सर्वोच्च अदालतलाई समेत धम्की र चुनौती दिएपछि प्रधानकोबिरुद्ध सर्वोच्चअदातलमा दिएको मानहानीको मुद्धा बिचाराधिन रहेको छ ।

Chhaya Center ~
Share Now

Leave a comment.