Prakash Adhikari December 24, 2020

 

काठमाडौं, ९ पौष । गम्भीर बिष्ट र ऋचा थापा फिचर्ड गायक स्वरूप राज आचार्य र गायिका मिलन नेवारको युगल गायनमा समावेश ‘चोरी सुटुक्क मन’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सुगम संगीतमा आधारित यस गीतलाई वरिष्ठ शम्भुजित बास्कोटाले संगीतबद्ध गर्नुभएको हो।

गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ। यस गीतलाई मनोहर सुनामले संगीत संयोजन गर्नुभएको हो।

प्रेम सम्बन्धमा आउने उतार चढावलाई म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ।

सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई लुःज सिंहले छायांकन गर्नुभएको हो।

भिडियोमा सुनिल थापाको सम्पादन रहेको छ। मिना भट्टराई उत्पादक रहेको यस भिडियोलाई गजित बिष्ट निर्देशनमा तयार पारिएको हो।

Share Now

Leave a comment.