Prakash Adhikari December 30, 2020

काठमाडौं, १५ पौष । नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड–माधव) समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई ल्याएको हो।

यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गरेर शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताव समेत गरिसकेको छ।

बागमती प्रदेशमा १ सय १० जना सांसद छन्। नेकपाबाट ८१ सांसद मध्ये ४५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।

Share Now

Leave a comment.