काठमाडौं, १९ माघ । नेपालको सद्भावना भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट सम्पन्न गरेकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले भेटपछि जारी गरेको विज्ञप्तिमा भेटका अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको उल्लेख छ ।
भेटका अवसरमा नेपालस्थित भारतका महामहिम राजदूत, नेपाल सरकार तथा भारत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको जनाइएको छ ।
भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता तथा सहसचिव रभिस कुमारले विदेश मन्त्रालयको ट्विटरमा उल्लेख गरे अनुसार भारतीय विदेश मन्त्री स्वराजले राष्ट्रपति भण्डारीलाई शान्तिपूर्ण रुपमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने महत्वपूर्ण जिम्मेवारी पूरा भएकोमा बधाई ज्ञापन गरेकी थिइन ।
उनले राष्ट्रपतिसंग दुई देशकाबीचमा रहेको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बारेमा विचारविमर्श गरेकी थिइन ।
EAM @SushmaSwaraj paid a courtesy call on President of #Nepal Smt. Bidya Devi Bhandari. EAM congratulated the President on the successful conduct of election in Nepal. Exchange of views on advancing our muti-dimensional relationship took place.
त्यस्तै आजै अपरान्ह भारतीय विदेश मन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरिकी छन् । उनले प्रधानमन्त्री देउवालाई पनि स्थानीय,प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण,धाधलीरहित र निर्भयताको बातावरणमा देशका सबै राजनीतिक शक्तिहरुको सहभागितामा सम्पन्न गराएकोमा बधाई दिएकी थिइन् ।
दुई नेताहरुबीचमा दुई देशका बीचको अनन्तकालदेखिको पुरानो र ऐतिहासिक साझेदारीलाई अगाडी बढाउदै द्धिपक्षीय सहयोगलाई अभिबृद्धि गर्ने विषयमा कुराकानी भएको थियो ।
EAM @SushmaSwaraj met @PM_Nepal and congratulated him on the successful conduct of the recent elections. Discussions focused on enhancing our bilateral cooperation to take our age-old and historical partnership forward.