
काठमाडौं, १८ पौष । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
शनिबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलन घोषणा गर्नुभएको हो ।
यो आन्दोलन एक महिनाभन्दा लामो हुने छ ।
संविधान र लोकतन्त्र रक्षाका निम्ति दोस्रो चरणको आन्दोलन अपरिहार्य भएको प्रवक्ता श्रेष्ठको दावी थियो ।
उहाँले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र प्रतिगामी निर्णयका विरूद्ध विभिन्न दलहरूसँग छलफल गरे पनि निर्णय आइनसकेको अवस्थामा दोस्रो चरणको आन्दोलन घोषणा गरिएको बताउनुभयो।
वर्तमान सरकारले संविधानमा हमला गर्दै लोकतन्त्रिक मूल्य मान्यतालाई क्षतविक्षत पारेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो सरकार कामचलाउ भैसक्यो तर प्रधानमन्त्री जग हसाउँदै मन्त्रिपरिषद पुनर्गठनजस्ता काम गरिरहनुभएको छ।
‘असंवैधानिक कदमलाई असफल पारी पूर्ण प्रतिगमनलाई निस्तेज नपारेसम्म आन्दोलन जारी राखिने छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो।
प्रचण्ड नेपाल पक्षले सार्वजनिक गरेको आन्दोलनको कार्यतालिका यस्तो छ :
- पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम
- पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन
- पुस २१ गते संघीय राजधानी र विभिन्न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया
- २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया
- २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने
- २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम
- २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला
- २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवम् प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने
- २९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला
- ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा
- ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा
- १० माघमा राजधानी लगायतका सबै सहरी केन्द्रहरुमा मोटरसाइकल र्याली
- १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा
- २२ माघमा वडा तहमा मसाल जुलुस
- २३ माघमा राजधानीमा विरोध प्रदर्श