Prakash Adhikari January 9, 2021

काठमाडौं, २५ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुरले प्रधानमन्त्री के.पी.शर्मा ओलीले घोषित निर्वाचन सम्पन्न गराउनेमा आशंका प्रकट गर्नुभएको छ ।

काठमाडौं क्षेत्र नं ५ को बुढानीलकण्ठमा नेपाली कांग्रेसद्धारा आयोजित विरोध सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले अदालतले संसद् विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको बताउनुभयो।

नेपाली कांग्रेका नेता,कार्यकर्ता,शुभेच्छुक ,समर्थक र मतदाताहरुलाई संबोधन गर्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको निर्णय संविधानविरोधी भएको बताउनुभयो।

उहाँले नेपाली कांग्रेस कानूनी राज्यमा विश्वास गर्ने भएकोले सर्वोच्च अदालतमा विचाराधीन रहेको यस मुद्दामा जुलुस निकालेर यो गर, ऊ गर नभन्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ,’ अदालतमा विचाराधीन रहेको मुद्दामा जुलुस निकालेर यो गर र ऊ गर भन्नु सान्दर्भिक हुँदैन हामी सबैले अदालतको निर्णय पर्खिनुपर्छ । कांग्रेसले अदालतको जस्तोसुकै निर्णय मान्छ।’

प्रधानमन्त्री ओलीद्धारा संविधानले नदिएको अनधिकृत अधिकारको उपयोग गरेर प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम र नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको भ्रष्टाचार, आर्थिक अनियमितिता, कुशासन, कोरोना महामारीको रोकथाम र नियन्त्रणको असफलताको विरोध गर्दै संविधानको रक्षा र लोकतान्त्रिक शासन पद्धति र सुशासन तथा विकासको पक्षमा आज देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

Share Now

Leave a comment.