
वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २७ पौष (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएका छन्।
तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध ‘दङ्गालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ।
संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी हो।
संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए।
Speaker Pelosi says the House will try to pass a resolution calling on VP Pence to invoke the 25th Amendment to remove President Trump from officehttps://t.co/vUtQBalgn2 pic.twitter.com/mOKwgzY2Rm
— CNN Breaking News (@cnnbrk) January 11, 2021
महाभियोगको प्रस्ताव दुवै सदनबाट पारित हुने प्रक्रियामा समय लाग्ने भएकोले राष्ट्रपतिलाई राजिनामा गराउने छोटो प्रक्रियाको बारेमा पनि छलफल भैरहेको छ । सभामुख न्यान्सी पेलोसीले संसदले राष्ट्रपतिको जिम्मेवारीबाट डोनाल्ड ट्रम्पलाई हटाएर उपराष्ट्रपति माइक पेन्सलाई कार्यवाहक राष्ट्रपति बन्न सर्वसम्मतिले संकल्प प्रस्ताव पारित गर्ने विकल्प पनि सारेको छ ।
अमेरिकी संविधानको २५ औं संशोधनले राष्ट्रपतिले आफ्नो जिम्मेवारी पूरा नगरेमा वा पूरा गर्न असमर्थ भएमा क्याबिनेटका बहुमत सदस्यले उहाँलाई बर्खास्त गर्न सक्ने प्रावधान थप गरेको छ । यस्तो अवस्थामा उपराष्ट्रपतिले कार्यबाहक राष्ट्रपतिको काम गर्ने व्यवस्था छ ।
तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै उक्त दलले सिनेटमा सुनुवाइको निम्ति प्रस्ताव नपठाउन सक्छ।
क्लाइबर्नले भने, ‘आफ्नो प्राथमिकता निर्धारण गर्न र त्यसको कार्यान्वयन थाल्न राष्ट्रपति निर्वाचित बाइडनलाई एक सय दिन दिऊँ।’
थप विभाजन : ह्वाइट हाउस
त्यसबाट बाइडनलाई आफ्नो नयाँ मन्त्रिपरिषद् निश्चित गर्न र कोरोनाभाइरससँग जुझ्ने लगायतका नीतिको आरम्भ गर्ने बाटो खुला हुनेछ।
यदि सिनेटले महाभियोग प्रस्ताव प्राप्त गरेमा ती कुराका निम्ति पर्खिनुपर्ने हुनसक्छ।
ह्वाइट हाउसले राजनीतिक रूपमा प्रेरित भन्दै महाभियोगको सम्भावना खारेज गरेको छ।
त्यस्तो कदमले ‘हाम्रो महान् देशलाई थप विभाजित गर्न मात्र सघाउने’ ह्वाइट हाउसको भनाइ छ।
Republican Senator Pat Toomey has called for Donald Trump to resign, saying the president could face criminal liability after the deadly storming of the U.S. Capitol by his supporters https://t.co/C4Z4NG8toR pic.twitter.com/JfgfGUqU6t
— Reuters (@Reuters) January 11, 2021
यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनुहुनेछ।
त्यो सम्भव हुनका निम्ति महाभियोगको आरोप तल्लो संसद्मा ल्याएर पारित हुनुपर्नेछ।
त्यसपछि प्रक्रिया सिनेटमा जानेछ जहाँ राष्ट्रपतिलाई हटाउन दुई तिहाइ मत आवश्यक हुन्छ।
I've been tweeting about the dangers of white supremacy, domestic terrorism and its direct connection to Trump for YEARS.
1.6.21 is (sadly) the beginning of a LONG fight against these evil forces.
Donald Trump/white supremacy/domestic terrorism rep the biggest threat we face. https://t.co/5YD65U5gVu
— Don Winslow (@donwinslow) January 11, 2021
पदत्यागको आग्रह
यदि राष्ट्रपति ट्रम्पलाई दोषी ठहर्याइयो भने ट्रम्पलाई फेरि सार्वजनिक कार्यालयको जिम्मेवारीमा रोक लगाउन सिनेटले पनि मतदान गर्नसक्छ।
Countdown to Trump’s coup and a timeline of terrorism, death, and destruction that ensued. Breakdown, from incitement to violent breach of the US Capitol, and beyond.
#AnatomyOfCapitolAttack, w/ traitors galore, incl. seditionists Donald Trump & Ted Cruzpic.twitter.com/URQkC1lFJD
— Stephanie Kennedy (@WordswithSteph) January 11, 2021
तर तल्लो सदनका सांसद क्लाइबर्नले १० दिनमा ट्रम्पले राष्ट्रपति कार्यालय छोड्नुअघि उहाँलाई महाभियोग लगाउन र सुनुवाइ गर्न आफूले सम्भव नदेखेको बताउनुभयो।
डेमोक्र्याट र बढ्दो सङ्ख्यामा देखिएका रिपब्लिकनहरूले ट्रम्पमाथि पाँच जनाको ज्यान गएको गत बुधवार संसद्मा भएको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।
तर कुनै पनि रिपब्लिकन सिनेटरले ट्रम्पलाई दोषी ठहर्याउने पक्षमा मतदान गर्ने बताएका छैनन्।
BREAKING: Tonight, Nancy Pelosi gave Donald Trump 48 hours to SURRENDER. Or, she gave Pence 48 hours to surrender Trump.
And the Speaker threw in a PS: she is at least entertaining expulsion votes against the GOP Congressmen who supported the Coup.
New Olbermann Vs. Trump vid: pic.twitter.com/M4gicDcw0W
— Keith Olbermann (@KeithOlbermann) January 11, 2021
दोस्रो रिपब्लिकन सिनेटर प्याट टूमीले राष्ट्रपति ट्रम्पलाई राजीनामा दिन आइतवार आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, ‘मेरो विचारमा देशका निम्ति उत्तम बाटो भनेको राष्ट्रपतिले राजीनामा दिने र जतिसक्दो चाँडो टाढा जाने नै हो। म त्यो सम्भावना नरहेको स्वीकार गर्छु तर मलाई लाग्छ सबैभन्दा राम्रो त्यहीँ हुन्थ्यो।’
अलास्काकी सिनेटर लिसा मर्कावस्की राष्ट्रपतिलाई पद त्याग गर्न आग्रह गर्ने पहिलो रिपब्लिकन सिनेटर हुनुहुन्छ।