Prakash Adhikari January 11, 2021

 

काठमाडौँ , २७ पौष । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलरक्षक लोकबहादुर शाहीको आइतबार राति निधन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दिनुभएको जानकारी अनुसार ‘मल्टिपल अर्गन फेलर’ का कारण शाहीको निधन दैलेखमा भएको हो । उहाँको दैलेखमै अन्तिम संस्कार गरिनेछ ।

नेपाली फुटबलका एक उत्कृष्ट गोलरक्षकमध्येका शाहीले सन् ८० को दशकमा नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गर्नुहुन्थ्यो ।

नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा टिमका सदस्य रहनुभएका शाहीले सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेल्नुभएको थियो ।

लामो समय नेपाली फुटबलमा प्रशासक र व्यवस्थापकका रहनुभएका शाहीले अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्वमहासचिवको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।त्यस्तै सन् १९९५ देखि २००२ सम्म उहाँ त्यो जिम्मेवारीमा हुनुहुन्थ्यो ।

 

Share Now

Leave a comment.