
नयादिल्ली(भारत), ३ माघ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको विरुद्ध भारतमा आज कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले १० : ४५ मा खोप अभियान उद्घाटन गर्नुभएको छ।
भारतका सबै २९ राज्य तथा केन्द्र प्रशासित प्रदेशका ३ हजार ६ स्थानबाट एकसाथ खोप लगाउने अभियान सुरु भएको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिएका कर्मचारीलाई खोप दिइनेछ। पहिलो दिन हरेक खोप केन्द्रमा कम्तीमा सय जनालाई खोप दिने भारत सरकारले जनाएको छ।
भारत सरकारले यही जनवरी ३ तारिख कोरोनाविरुद्धका २ खोपलाई प्रयोगको अनुमति प्रदान गरेको थियो।
पहिलो हो– कोभ्याक्सिन, जुन हैदरबादस्थित भारत बायोटेक कम्पनीले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र नेसनल इन्स्टिच्युट अफ भाइरोलजीसँग मिलेर उत्पादन गरिरहेको छ।
अर्को हो– कोभिसिल्ड, जुन खोपको विकास अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनी मिलेर गरेका हुन्। यो खोप भारतस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ।
भारतमा पहिलो चरणमा स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा कार्य गर्ने सुरक्षाकर्मी तथा सरसफाईकर्मीहरुलाई खोप दिने तयारी छ ।
भारतीय सञ्चार माध्यमहरुले डाक्टर,नर्स,प्यारामेडिकल वा जनस्वास्थ्यसंग सम्बन्धित जनशक्तिहरुको संख्या ८० लाखदेखि १ करोडको बिचमा रहेको जनाएको छ भने अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने पुलिस, अर्ध सैनिक,सैनिक र सरसफाईकर्मीहरुको संख्या करिब २ करोड भएको जनाएका छन् ।
#WATCH live: PM Modi launches nation-wide COVID-19 vaccination drive via video conference. https://t.co/ZS0oJofkVl
— ANI (@ANI) January 16, 2021
यसपछि त्यहाँ ५० बर्षको उमेरभन्दा माथि वा त्यसभन्दा कम भएपनि गम्भीर प्रकृतिका रोगको कारण शारीरिक प्रतिरोध क्षमता दुर्बल भएका व्यक्तिहरुलाई खोप दिने तयारी छ । यिनको संख्या करिब २७ करोड रहेको जनाएको छ ।
त्यसपछि कोरोना भाइरसको संक्रमण बढी देखिएका क्षेत्रमा खोप दिइने छ ।
भारतमा अहिलेसम्म १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन भने डेढ लाख मानिसले यसै भाइरसको संक्रमणले ज्यान गुमाएका छन् ।
#WATCH | Manish Kumar, a sanitation worker, becomes the first person to receive COVID-19 vaccine jab at AIIMS, Delhi in presence of Union Health Minister Harsh Vardhan. pic.twitter.com/6GKqlQM07d
— ANI (@ANI) January 16, 2021
Maharashtra: The staff at a hospital in Aundh district of Pune make rangoli to welcome those participating in Covid-19 vaccine drive
"I am relieved that vaccination is finally out. The paramedical staff is very happy. I will get the shot of Covaxin today," said a hospital staff. pic.twitter.com/CVioca3G5W
— ANI (@ANI) January 16, 2021